back
skip this gaugauma singhadarbar

गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गुठी ऐनको धेरै बुँदा नचलाईकन दुई चारवटा बुँदा मात्र संशोधन गरेर लानुपर्ने बताएका छन् । मंगलवार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले गुठि ऐन संशोधनको ड्राफ्ट तयार भइसकेको र विज्ञहरुसँग छलफल अगाडि बढाउन बाँकी रहेको जानकारी दिएका हुन् ।

उनले भने, ‘अव गुठी ऐनलाई धेरै बुँदा नचलाईकन दुईचार वटा बुँदा मात्र संशोधन गरेर लानुपर्छ भन्ने पक्षमा हामी छौ । ड्राफ्ट तयार भइसकेको र विज्ञहरुसंग छलफल अगाडि बढाउन बाँकी छ । यसलाई कति छिटो लान सकिन्छ भन्ने कुरा सरकारले अगाडि बढाएपछि धेरै प्रक्रियाहरु हुन्छन् ।’
उनले विधेयक बनाउने, कानून बनाउने, पास गर्ने काम सरकारको भएको भन्दै गुठीले सुझाव मात्र दिने बताए ।

‘गुठीले आफ्नो सुझाव दिने हो विधेयक बनाउने होइन । विधेयक बनाउने, कानून बनाउने, पास गर्ने सरकारले नै हो । हामी समिति हौं । गुठीले काम गर्न जनशक्तिको अभाव हुन सक्छ, हामीले चाहेका कुराहरु नभएको हुनसक्छ,’ उनले भने ।

उनले अध्यादेश ल्याएर नपुगेको कुरालाई पुरा गर्न खोज्दा समस्या हल हुन नसकेको पनि बताए ।
उनले भने, ‘अहिले हामीले स्वर्गद्धारी गुठीको मात्र समस्या हल गर्ने भनेर पेश गर्यौं । त्यो पनि सम्भव भएन । अध्यादेश ल्याएर नपुगेको कुरालाई पुरा गर्न खोजेको त्यो पनि समस्या हल हुन सकेन् ।’

आजको समितिमा नेपालको बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहिन सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्य प्रगतिलगायतका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गरिएको छ ।

 

nactional life -asoj
gaugauma singhadarbar

अब १८ वर्ष मुनीका प्रयोगकर्ताले दैनिक १ घण्टा मात्र टिकटक चलाउन पाउने

अब १८ वर्ष मुनीका प्रयोगकर्ताले दैनिक १ घण्टा मात्र टिकटक चलाउन पाउने

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १४:०६

काठमाडौं । टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले यो एप सुरक्षित र...

दुर्गा प्रसाईं समूहका २७ बुँदे माग: घर बहाल कर ५ प्रतिशतमा झारिनु पर्ने देखि ऋण मिनाहासम्म (यस्ता छन् २७ माग)

दुर्गा प्रसाईं समूहका २७ बुँदे माग: घर बहाल कर ५ प्रतिशतमा झारिनु पर्ने देखि ऋण मिनाहासम्म (यस्ता छन् २७ माग)

वि.सं.२०८२ कात्तिक २६ बुधवार १३:५६

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र...

जेनजी आन्दोलनपछि होटल हायात रिजेन्सी बन्द, सबै कर्मचारी बर्खास्त

जेनजी आन्दोलनपछि होटल हायात रिजेन्सी बन्द, सबै कर्मचारी बर्खास्त

वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:५२

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका...

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...