back
nactional

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा. वाग्लेले सपथ लिएका हुन् ।

कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा. वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ ९४० बमोजिम सोमबार नियुक्त गरेका थिए ।

सपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा।दीपक काफ्लेलगायत सहभागी थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भसमेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय कायम राख्ने गरी काम अघि बढाउन शुभकामना दिएका छन् । नवनियुक्त उपकुलपति प्राडा वाग्ले यसअघि सो विश्वविद्यालयका कार्यबाहक उपकुलपति एवं रजिष्ट्रार थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । ...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय...

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:५३

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा...

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:४४

काठमाडौं । प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने...