back
Naima

दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीतिहरु कार्यान्वयन गरिने

काठमाडौं । उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्काले सरकार दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीतिहरु कार्यान्वयन गर्नेतर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह २०८१ को समारोहलाई सम्बोधन गर्दै उनले सबैको सहकार्यबिना जलस्रोत र मौसम सम्बन्धि चुनौतीको सामना गर्न गार्‍हो हुने भन्दै सबैलाई एकिकृत गर्दै दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीतिहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘सबैको सहकार्यबिना जलस्रोत, मौसम र मौसम सम्बन्धि चुनौतीको सामना गर्न सकिदैँन् । सरकार यस क्षेत्रमा कार्यरत सबै सरकारी तथा गैरसरकारी संस्था तथा विज्ञहरुलाई एकिकृत गर्दै दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीतिहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

यसका साथै, उनले जलवायु परिवर्तनका असरहरुलाई न्यूनिकरण गर्दै जलस्रोतको दिगो उपयोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई विस्तार गर्नुपर्ने पनि बताए । उनले भने, ‘जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्दै जलस्रोतको दिगो उपयोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई विस्तार गर्नुपर्छ ।

जलस्रोत व्यवस्थापनको क्षेत्रमा नेपालले छिमेकी देशहरुसँग मिलेर कार्य गर्न सक्ने थुप्रै अवसरहरु छन् । हामी जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थाहरुसँग सहकार्य गरि नेपालका जलस्रोतहरुको दिगो व्यवस्थापन विकासका लागि सुनिश्चित गर्ने छौ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...