back

रामेछापबाट यस वर्षको एसइई परीक्षामा २ हजार ७ सय १ विद्यार्थी सहभागी हुँदै

रामेछाप । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रामेछाप जिल्लाबाट २ हजार ७ सय १ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसइई परीक्षा आगामी चैत ७ गतेबाट देशै भरि एकैसाथ सुरु हुँदै छ ।

शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार यस वर्ष जिल्लामा एसइई परीक्षा सञ्चालनको लागि जिल्लाका २ वटा नगरपालिका र ६ वटा गाउँपालिका १९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार यस वर्ष जिल्लाबाट २ हजार ४ सय ११ जना नियमित र २ सय ९० जना ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुँदै छन् ।

जिल्लाको उमाकुण्ड गाउँपालिमा रहेको सिद्धेश्वर बहुमुखी क्याम्पस बाम्ती परीक्षा केन्द्रबाट १ सय ३३ जना र चण्डेश्वरी मावि प्रीति परीक्षा केन्द्रबाट ७३ जनाले परीक्षा दिँदै छन् । त्यस्तै गोकुलगंगा गाउँपालिकाको शारदा मावि ठोसे केन्द्रबाट ८० जनाले र जनजागृति मावि बेताली केन्द्रबाट १ सय ४४ जनाले परीक्षा दिँदै छन् ।

लिखु तामाकोसी गाउँपालिकाको तामाकोसी जनजागृति मावि खिम्ती परीक्षा केन्द्रबाट १ सय २२ जना परीक्षामा सहभागी हुने छन् । सो गाउँपालिकाको झट्टेश्वर मावि धोबी केन्द्रबाट १ सय ४६ जना र त्रिपुरेश्वर मावि दुरागाउँ केन्द्रबाट १ सय ११ जनाले परीक्षा दिँदै छन् । मन्थली नगरपालिकाको कालीदेवी मावि फुलासी परीक्षा केन्द्रबाट ९० जना, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस केन्द्रबाट १ सय ७४ जना, नागकन्या मावि गडवारी मन्थली परीक्षा केन्द्रबाट १ सय ८६ जना एसइईमा सहभागी हुँदै छन् ।

मन्थली माविको (क) परीक्षा केन्द्रबाट प्राविधिक धारका १ सय १२ जना विद्यार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख गजुरेलले जानकारी दिए । यस्तै मन्थली मावि (ख) परीक्षा केन्द्रबाट २ सय ४४ जना र मन्थली मावि (ग) परीक्षा केन्द्रबाट २८ जनाले परीक्षा दिने भएका छन् ।

रामेछाप नगरपालिकाको गौरीशङ्कर बहुमुखी क्याम्पस रामेछाप परीक्षा केन्द्रबाट २ सय १० जना र हिमगंगा बहुमुखी क्याम्पस र साँघुटार परीक्षा केन्द्रबाट २ सय १० जनाले परीक्षा दिँदै छन्। खाँडादेवी गाउँपालिकाको प्रयागेश्वर क्याम्पस पकरबास परीक्षा केन्द्रबाट २ सय २६ जना विद्यार्थीले एसइई दिँदै छन् ।

दोरम्बा शैलुङ गाउँपालिकाको कण्ठेश्वर मावि टोकरपुर केन्द्रबाट १ सय ७ जना र कालिका मावि लखनपुर केन्द्रबाट १ सय ५ जनाले परीक्षा दिँदै छन् । सुनापति गाउँपालिकाको डहु मावि परीक्षा केन्द्रबाट १ सय १ जना विद्यार्थीले यो वर्षको एसइई परीक्षा दिने गजुरेलले जानकारी दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार २०:०१

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल...

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:५५

सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु...

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४६

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको...

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

वि.सं.२०८३ साउन १४ बिहीवार १९:१८

ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुनसरीको देवानगन्ज गाउँपालिका...

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

वि.सं.२०८३ साउन १४ बिहीवार १९:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा...