back

नाडा अटो शो २०२५ को रजिष्ट्रेशन खुला

काठमाडौँ । नेपालका अटोमोवाइल उद्योगका प्रमुख मेला, नाडा अटो शो २०२५, को रजिष्ट्रेशन आजदेखि खुला गरिएको छ।

यो प्रदर्शनी २०८२ भाद्र ३ देखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुनेछ। नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आयोजित यस मेला भनेको सवारी साधन उद्योगका सबै थरी नविनतम् प्रविधिहरू र उत्पादहरूको प्रदर्शनी हो।

फागुन २७ देखि चैत्र ४ सम्म रजिष्ट्रेशन खुला गरिएको छ। प्रदर्शनीमा भाग लिन चाहने उद्योगी, व्यवसायी र अन्य संस्थाहरूले स्टल बुकिङ्ग गर्नका लागि रजिष्ट्रेशन गर्न सक्नेछन्। यस वर्ष स्टलको लागि अत्याधिक मागको कारण गोला प्रथा मार्फत स्टल वितरण गरिने व्यवस्था गरिएको छ, जसले सम्पूर्ण प्रक्रियालाई पारदर्शी र उचित बनाउँछ।

प्रदर्शनीमा २-पाङग्रे, ३-पाङग्रे, ४-पाङग्रे सवारी साधन, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स्, ग्यारेज उपकरणहरू साथै वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरूलाई पनि समुह अनुसार छुट्टाइएको छ।

यस वर्ष, भारत र चीन लगायतका अन्तर्राष्ट्रिय अटोमोवाइल कम्पनीहरूले पनि सहभागिता जनाउनको लागि रजिष्ट्रेशनका लागि इच्छा व्यक्त गरेका छन्।

नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालले भने, “यस प्रदर्शनीले सवारी साधन उद्योगका व्यवसायी, कर्मचारी र उपभोक्ताहरूलाई नयाँ प्रविधिहरूसँग परिचित गराउँदै नेपालको अर्थतन्त्रमा योगदान पुर्याउने अवसर प्रदान गर्नेछ।” उनले यो शोले राजस्व संकलन र रोजगारी सृजनामा विशेष योगदान पुर्याउने विश्वास व्यक्त गरे।

नाडा अटो शो २०२५ नेपालका अटोमोवाइल उद्योगका लागि एउटा प्रमुख मञ्च बन्ने निश्चित छ, जसले भविष्यका प्रविधिहरू र सवारी साधनहरूलाई दर्शकहरूसम्म पुर्याउनेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वी नेपालका हिंसात्मक घटनाप्रति नाडाको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल

पूर्वी नेपालका हिंसात्मक घटनाप्रति नाडाको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:०३

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले पूर्वी...

नाइमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र बन्दै

नाइमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र बन्दै

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४९

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको...

नयाँ टाटा पन्च ईभी नेपालमा, यस्ता छन् विशेषता

नयाँ टाटा पन्च ईभी नेपालमा, यस्ता छन् विशेषता

वि.सं.२०८३ साउन १४ बिहीवार १९:२५

काठमाडौं । टाटा मोटर्सको लोकप्रिय विद्युतीय एसयूभी पन्च ईभीको नयाँ...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

वि.सं.२०८३ साउन १४ बिहीवार १४:३९

काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा नयाँ...

सवारी साधनबाट हुने वायु प्रदूषण रोक्न नयाँ मापदण्ड स्वीकृत: पुराना र नयाँ सवारीमा कडा उत्सर्जन सीमा लागू हुँदै

सवारी साधनबाट हुने वायु प्रदूषण रोक्न नयाँ मापदण्ड स्वीकृत: पुराना र नयाँ सवारीमा कडा उत्सर्जन सीमा लागू हुँदै

वि.सं.२०८३ साउन १२ मंगलवार १८:०६

काठमाडौँ। नेपालमा सडकमा सञ्चालनमा रहेका सवारी साधनबाट उत्सर्जन हुने धुवाँ...

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा, अन्तर्राष्ट्रिय विस्तारको पहिलो गन्तव्य बन्यो नेपाल

वि.सं.२०८३ साउन ११ सोमवार ०९:३८

काठमाडौं । भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको विद्युतीय ब्रान्ड...