back

प्रदूषण फैलाउने सवारी साधनलाई महानगर प्रहरीले कारवाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले तोकिएको मापदण्ड बाहिर गएको सवारी साधनलाई कारबाही गर्ने हिसाबले अगाडि बढेको बताएका छन् । सोमबार काठमाडौं महानगरपालिकामा स्थलगत सवारी साधन परीक्षणबाट प्राप्त निष्कर्षहरू साझा गर्दै उनले सवारी साधनबाट धेरै प्रदूषण हुने भएको हुनाले त्यसको जाँच गरेर कारबाहीको दायरामा ल्याउने हिसाबले अगाडि बढेको बताए ।

उनले भने,‘राजधानीबासीहरुको स्वास्थ्यमा प्रतिकूल असर हुनेगरि क्यान्सर जस्तो घातक रोगहरु निम्ताउने र फोक्सोका रोगहरु पनि निम्ताउने प्रदूषण सवारी साधनबाट आउने गरेको हुनाले सवारी साधनलाई मेनटेन गरेर मात्र चलाउनुपर्छ, तोकिएको मापदण्ड बाहिर गएको सवारी साधनलाई नियन्त्रणमा लिनुपर्छ भन्ने हिसाबले कारबाही चलाएका छौ ।’

यसको साथै, उनले एक डेढ महिनाको अवधिमा हेर्दा सार्वजनिक यातायातको सवारी साधन झण्डै ७० प्रतिशतको हाराहारीमा मेनटेन नभएको देखिएको भन्दै जाँच गर्दा पास नभएको सवारी सधानलाई ग्यारेजबाट बाहिर निस्किन नदिने प्रक्रियामा रहेको बताए । उनले भने, ‘एक डेढ महिनाको अवधिमा हेर्दा सार्वजनिक यातायातको सवारी साधन झण्डै ७० प्रतिशतको हाराहारिमा मेनटेन नभएको देखिन्छ ।

हामीले एक महिना जति टेस्ट गरेर, कबुल गर्न लगाउँदा पनि सुधार भएको छैन्, त्यसकारण सार्वजनिक यातायातको साधनलाई अब उहाँहरुको ग्यारेजमा नै गएर जाँच गर्छौ । हामीले जाँच गर्दा पास नभएको सवारी सधानलाई ग्यारेजबाट बाहिर निस्किन नदिने प्रक्रियामा छौ । नीजि गाडीहरुले पनि धेरै धूँवाहरु फालेको देखिन्छ र ती गाडिहरुलाई भने नियन्त्रणमा लिएर कारबाही पनि गरेका छौ ।’

ग्रीन स्टिकट भएका सवारी साधनले पनि धूँवा फालेको हुनाले यो सँग सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गएर कसरी जाँच हुने गरेको छ । त्यसको पनि निरिक्षण गरेको उनको भनाई छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...