back

जर्मनी पुगेका ६ सय वर्ष पुराना ताडपत्र फिर्ता गर्न संस्कृति मन्त्रीको पहल

बर्लिन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि प्रसाद पाण्डेले विदेशमा पुगेका ताडपत्र नेपालमा फिर्ता गर्न पहल गरेका छन् ।

शुक्रवार जर्मनीको बर्लिनस्थित हाइडेलबर्ग विश्वविद्यालयको भ्रमण गर्दै मन्त्री पाण्डेले नेपालबाट २ सय वर्षअघि नै जर्मनी पुगेका ताडपत्र फिर्ताका विषयमा छलफल गरेका हुन् । नेपाल अध्ययन र अनुसन्धानमा ख्यातिप्राप्त हाइडेलबर्ग विश्वविद्यालयको दक्षिण एसिया अध्ययन संकायका प्रा.डा. सिमोन चुबेलिचको नेतृत्वमा प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा प्रशासकहरूसँग नेपालसम्बन्धी अध्ययन र अनुसन्धानका विषयमा छलफल भएको मन्त्री पाण्डले जानकारी दिएका छन् ।

‘विभिन्न माध्यम हुँदै जर्मनी पुगेका ६००/७०० वर्ष पुराना ताडपत्रमा लेखिएका पाण्डुलिपिहरूको एक संग्रह करिब २ सय वर्षअघि यस विश्वविद्यालयमा आइपुगेको रहेछ,।’ मन्त्री पाण्डेले फेसबुकमा लेखेका छन्, ‘ती अत्यन्त महत्त्वपूर्ण सामग्रीहरू नेपालमै फिर्ता गरिनु पर्छ भन्ने विश्वविद्यालयको धारणा रहेको जानकारी पायौँ। ती सामग्रीहरू फिर्ता ल्याउन आवश्यक प्रक्रिया र सम्भावनाका बारेमा गहन छलफल भएको छ।’

ताडपत्रहरूलाई नेपालमा फिर्ता गर्न जर्मनीस्थित नेपाली दूतावासबाट गरिएको पहलकदमी र हाल नेपाल सरकारले ताडपत्र फिर्ता गर्ने पहल थालेपछि विश्वविद्यालय पनि ती ताडपत्र फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । हाइडेलबर्ग विश्वविद्यालयमा १३८६ मा स्थापना भएको युरोपकै पुरानोमध्येको एक विश्वविद्यालय हो।

मन्त्री पाण्डले जर्मनीमा डा. निराजन काफ्ले, डा. माणिक वज्राचार्य, डा. रामहरि तिमल्सिना, र डा. राजन खतिवडालगायतसँग ताडपत्र फिर्ता, युरोपेली विश्वविद्यालयमा नेपालसम्बन्धी अध्ययनका विषयमा कुराकानी गरेका थिए । यसका साथै उनले नेपालबाट युरोप पुगेका ऐतिहासिक सामग्रीहरूको खोजी, संरक्षण र फिर्ता गर्ने प्रक्रियाका विषयमा पनि छलफल भएको जानकारी दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...