back

भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकालाई माईती नेपाल धनुषाले गर्यो उद्धार

जनकपुर । माईती नेपाल धनुषाले नेपालबाट भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकालाई उद्धार गरेको छ । माईती नेपालले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा एक वर्षको अवधिमा नेपाल रेल्वे तथा बसबाट धनुषा र महोत्तरीको सीमानाका हुँदै भारततर्फ गइरहेको अवस्थामा अनुगमन टोलीले प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरेको जानकारी दिएको छ ।

उद्धार गरिएका मध्ये १८ वर्षमुनिका ५३ जना तथा १८ वर्षमाथिका ४९ जना रहेका छन्। यसैगरी, १०० जनालाई सुरक्षा आवास प्रदान गरिएको छ, जसमा १८ वर्षमुनिका ४६ जना र १८ वर्षमाथिका ५४ जना रहेका छन् । एक वर्षको अवधिमा १७२ जनालाई मनोपरामर्श सेवा प्रदान गरिएको छ। माईती नेपालले सीमा क्षेत्रमा ८,३८२ वटा बसको जाँच तथा ५,१९२ जनालाई मानव बेचबिखनसम्बन्धी जनचेतनामूलक सूचना प्रदान गरेको छ ।

नेपालमा मानव बेचबिखन नियन्त्रणका लागि कडा कानून रहेको भए पनि दलालहरूले विभिन्न प्रलोभनमा पारेर यो अपराधलाई निरन्तरता दिइरहेका छन् । यदि कसैलाई मानव किनबेचमा संलग्न भएको पाइएमा २० वर्षसम्मको जेल सजाय र २ लाख रुपैयाँसम्मको जरिवानाको प्रावधान छ । वेश्यावृत्तिमा संलग्न गराउनेलाई १० देखि १५ वर्ष कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना तोकिएको छ ।

उद्धार गरिएका व्यक्तिहरूलाई लक्षित गरी माईती नेपालले विभिन्न सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । संस्थाले २३ जिल्लामा कार्य सञ्चालन गर्नुका साथै देशभर १८ वटा सुरक्षा आवास गृह, ३ रोकथाम गृह, पुनस्र्थापना केन्द्र, स्नेह गृह, विद्यालय, बाल संरक्षण गृह, प्राथमिक उपचार केन्द्र तथा आयआर्जनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। नेपालमा प्रत्येक वर्ष ३५ हजारभन्दा बढी व्यक्ति मानव बेचबिखनको सिकार हुने गरेको तथ्यांक छ, जुन वास्तविक संख्या भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा मानव अधिकार आयोग मधेश प्रदेशका कार्यालय प्रमुख बुद्धनारायण साहनी, ईन्सेक मधेश प्रदेश प्रमुख राजु पासवान, तथा शान्ति पुनस्र्थापना केन्द्र प्रमुख रिना झाले मानव बेचबिखन नियन्त्रणका लागि नियमन तथा जनचेतनामूलक कार्यक्रमहरू आवश्यक रहेको औंल्याएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...