back

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन नसकेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले अस्पतालले पाउनुपर्ने भुक्तानि समयमा प्राप्त गर्न नसक्दा बीमा क्षेत्रमा धेरै समस्याहरु देखिएको बताए ।

उनले भने, ‘म स्वीकार गर्छु बीमा व्यवस्थित गर्न जरुरी छ । यसमा धेरै समस्याहरु छन् व्यवस्थित हुन नसकेको मुख्य कारण यसको कोष सुरक्षित नभएर हो । अस्पतालले पाउनुपर्ने भुक्तानि समयमा प्राप्त गर्न नसक्दा यो स्थिति भएको हो । राज्यले नियमित दिने बजेटले यसको ६ भागको एक भाग पनि नपुग्ने स्थिति बनेको छ ।

त्यसैले यसको कोष कसरी सुनिश्चित गर्न सकिन्छ । त्यसको व्यवस्थापकीय सुधार कसरी गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’ त्यस्तै, उनले अहिले जसरी नै विरामीको सङ्ख्या बढ्दै जाने हो भने उपचार गर्नको लागि राज्यको क्षमता नपुग्ने बताए । निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको भन्दै उनले त्यसको एउटा महत्वपूर्ण माध्यक खोप नै रहेको बताए ।

उनले भने, ‘हामीले विभिन्न रोगहरुको रोकथामको उपाय खोज्न आवश्यक छ र यसरी विरामीको सङ्ख्या बढ्दै जाने हो भने राज्यको क्षमता उपचार गर्नको लागि पुग्दैन् । त्यसलै नेपालीलाई निरोगी कसरी राख्न सकिन्छ । यो निरोधात्मक क्षेत्रमा हामीले काम गर्न जरुरी छ । त्यसको एउटा महत्वपूर्ण माध्यम भनेको खोप हो । त्यसमा हामीले अरु बढाउने गरी प्रयत्न गरिरहेका छौं ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

वि.सं.२०८२ चैत ३० सोमवार १७:५८

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा भिडियो सन्देश...

बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह(तस्विरहरु)

बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह(तस्विरहरु)

वि.सं.२०८२ चैत ३० सोमवार १६:४५

प्रधानमन्त्री वालेन्द्र शाहले सात प्रदेशबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यमा...

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ चैत ३० सोमवार १५:४१

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा...

बिस्का जात्राको आज चौथो दिन

बिस्का जात्राको आज चौथो दिन

वि.सं.२०८२ चैत ३० सोमवार ११:०३

काठमाडौं । भक्तपुरमा लाग्ने बिस्का जात्राको आज चौथो दिन विविध...

पैतृक सम्पत्तिदेखि डिजिटल कमाइको चर्चा: प्रधानमन्त्रीको सम्पत्तिमा के-के देखियो?

पैतृक सम्पत्तिदेखि डिजिटल कमाइको चर्चा: प्रधानमन्त्रीको सम्पत्तिमा के-के देखियो?

वि.सं.२०८२ चैत २९ आइतवार २१:५९

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ...

भक्तपुरमा आठ दिन नौ रातसम्म मनाइने बिस्का जात्रा आजबाट सुरु

भक्तपुरमा आठ दिन नौ रातसम्म मनाइने बिस्का जात्रा आजबाट सुरु

वि.सं.२०८२ चैत २७ शुक्रवार १०:३५

काठमाडौं । भक्तपुरमा बिस्का जात्राको भव्य तयारीका साथ आज (शुक्रबार)बाट...