back

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन नसकेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले अस्पतालले पाउनुपर्ने भुक्तानि समयमा प्राप्त गर्न नसक्दा बीमा क्षेत्रमा धेरै समस्याहरु देखिएको बताए ।

उनले भने, ‘म स्वीकार गर्छु बीमा व्यवस्थित गर्न जरुरी छ । यसमा धेरै समस्याहरु छन् व्यवस्थित हुन नसकेको मुख्य कारण यसको कोष सुरक्षित नभएर हो । अस्पतालले पाउनुपर्ने भुक्तानि समयमा प्राप्त गर्न नसक्दा यो स्थिति भएको हो । राज्यले नियमित दिने बजेटले यसको ६ भागको एक भाग पनि नपुग्ने स्थिति बनेको छ ।

त्यसैले यसको कोष कसरी सुनिश्चित गर्न सकिन्छ । त्यसको व्यवस्थापकीय सुधार कसरी गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’ त्यस्तै, उनले अहिले जसरी नै विरामीको सङ्ख्या बढ्दै जाने हो भने उपचार गर्नको लागि राज्यको क्षमता नपुग्ने बताए । निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको भन्दै उनले त्यसको एउटा महत्वपूर्ण माध्यक खोप नै रहेको बताए ।

उनले भने, ‘हामीले विभिन्न रोगहरुको रोकथामको उपाय खोज्न आवश्यक छ र यसरी विरामीको सङ्ख्या बढ्दै जाने हो भने राज्यको क्षमता उपचार गर्नको लागि पुग्दैन् । त्यसलै नेपालीलाई निरोगी कसरी राख्न सकिन्छ । यो निरोधात्मक क्षेत्रमा हामीले काम गर्न जरुरी छ । त्यसको एउटा महत्वपूर्ण माध्यम भनेको खोप हो । त्यसमा हामीले अरु बढाउने गरी प्रयत्न गरिरहेका छौं ।’


गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:४१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

वि.सं.२०८१ चैत ५ मंगलवार १७:३५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयलाई सर्वोच्च अदालतको फैसला...

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

वि.सं.२०८१ चैत ५ मंगलवार १५:१०

काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ...

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८१ चैत ५ मंगलवार १४:४६

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका...

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

वि.सं.२०८१ चैत ५ मंगलवार १४:२८

काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप...

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

वि.सं.२०८१ चैत ५ मंगलवार ११:३७

काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी...