back

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली जनताका जिउधनमा हान्नेहरु र खुरु खुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुबीच तालमेल मिलेको भन्दै व्यङ्ग्य गरेका छन् ।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै यस्तो व्यङ्ग्य गरेका हुन् । उनले भने, ‘रमाईलो दृश्य संसद सुरु हुने वित्तिकै देखिन थालियो ।

जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरु र खुरु खुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुको बीचमा जुन खालको र्याङख्याङ आज मिलेको देखियो वास्तवमा नै रमाईलो छ।’ त्यस्तै, उनले प्रचण्डले अध्यादेशलाई निकै आक्रमण गरेपनि संशोधन गरिएका कानुनको दफाहरुमध्य कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानि र नागरिक अधिकार खोस्छ भन्ने कुराको उदाहरण दिन नसकेको बताए । प्रचण्डले संसदमा आफ्ना कुण्ठा अभिव्यक्त गरेको आरोप लगाउँदै उनले संसद कुण्ठा अभिव्यक्त गर्ने थलो नभएको बताए ।

उनले भने, ‘उहाँले अध्यादेशलाई निकै आक्रमण गर्नुभयो । छ वटा अध्यादेशमा २९ वटा कानुनहरुको संशोधन प्रस्ताव अगाडि सारिएको छ । तर ती संशोधन गरिएका कानुनको दफाहरुमध्य कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानि पुग्छ ? कुन दफाले नागरिक अधिकार खोस्छ ? एउटा पनि उदाहरण दिन सक्नुभएन । यो कुण्ठा अभिव्यक्त गर्ने ठाउँ संसद हुँदैन ।’

nactional life
Corporatebazar 11 Anniversary

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...

नागरिकको स्वास्थ्य नै हाम्रो प्राथमिकता’:स्वास्थ्य मन्त्री नीशा मेहताको नेतृत्वमा विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर

नागरिकको स्वास्थ्य नै हाम्रो प्राथमिकता’:स्वास्थ्य मन्त्री नीशा मेहताको नेतृत्वमा विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४७

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्बासी...

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्याइने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४७

काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म...

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँ : मन्त्री शिशिर खनाल

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१८

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन...

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

वि.सं.२०८३ वैशाख १५ मंगलवार १०:४३

काठमाडौं । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले...