back

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली जनताका जिउधनमा हान्नेहरु र खुरु खुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुबीच तालमेल मिलेको भन्दै व्यङ्ग्य गरेका छन् ।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै यस्तो व्यङ्ग्य गरेका हुन् । उनले भने, ‘रमाईलो दृश्य संसद सुरु हुने वित्तिकै देखिन थालियो ।

जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरु र खुरु खुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुको बीचमा जुन खालको र्याङख्याङ आज मिलेको देखियो वास्तवमा नै रमाईलो छ।’ त्यस्तै, उनले प्रचण्डले अध्यादेशलाई निकै आक्रमण गरेपनि संशोधन गरिएका कानुनको दफाहरुमध्य कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानि र नागरिक अधिकार खोस्छ भन्ने कुराको उदाहरण दिन नसकेको बताए । प्रचण्डले संसदमा आफ्ना कुण्ठा अभिव्यक्त गरेको आरोप लगाउँदै उनले संसद कुण्ठा अभिव्यक्त गर्ने थलो नभएको बताए ।

उनले भने, ‘उहाँले अध्यादेशलाई निकै आक्रमण गर्नुभयो । छ वटा अध्यादेशमा २९ वटा कानुनहरुको संशोधन प्रस्ताव अगाडि सारिएको छ । तर ती संशोधन गरिएका कानुनको दफाहरुमध्य कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानि पुग्छ ? कुन दफाले नागरिक अधिकार खोस्छ ? एउटा पनि उदाहरण दिन सक्नुभएन । यो कुण्ठा अभिव्यक्त गर्ने ठाउँ संसद हुँदैन ।’


गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:४१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

वि.सं.२०८१ चैत ५ मंगलवार १७:३५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयलाई सर्वोच्च अदालतको फैसला...

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

वि.सं.२०८१ चैत ५ मंगलवार १५:१०

काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ...

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८१ चैत ५ मंगलवार १४:४६

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका...

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

वि.सं.२०८१ चैत ५ मंगलवार १४:२८

काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप...

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा

वि.सं.२०८१ चैत ५ मंगलवार ११:३७

काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी...