back

आइटी क्षेत्रमा नेपाल धेरै पछाडि छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रमा सरकारले गर्नुपर्ने कामले गति नलिएको बताएका छन् । विहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले आइटी क्षेत्रमा नेपाल सबैभन्दा पछाडि परेको भन्दै सरकारले धेरै काम गर्न बाँकी रहेको औंल्याए ।

उनले भने, ‘मैले ६ महिना मन्त्रालयमा काम गर्दा आइटी क्षेत्रमा सरकारले गर्नुपर्ने धेरै काम देखेको छु । यस क्षेत्रमा नेपाल दक्षिण एसियामा सबैभन्दा पछाडि परेको छ । अहिलेसम्म हामीले केही गरेका रहेनछौं । अरुले जे गर्नुभयो त्यसैमा सिमित छौ । एआइको नीति बनाएको छैनौ । बल्ल बल्ल आइटी क्षेत्रलाई व्यवस्थित गर्न कानून बनाएका छौं । नियमावली बनेको छैन् । भएका कानुन कार्यान्वयन गर्ने तदकरुपकता देखिदैन । गर्नुपर्ने काम नगरेको तर थोरै थोरै गरेको भएपनि गति नलिएको देखिन्छ ।’

मन्त्री गुरुङले आइटी पार्क, नलेज पार्क र अनुसन्धान केन्द्र खोल्ने कुरामा जोड दिए । उनले भने, ‘आजसम्म एउटा आइटी पार्क छैन् । नलेज पार्क छैन् । अनुसन्धान केन्द्र छैन । त्यसैले हाम्रो मन्त्रालयले यो बर्ष एउटा आइटी पार्क खोलौ र त्यसलाई सातवटा प्रदेशहरुमा पनि लैजाऔं भन्ने छ।’

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...