back

ट्रम्प प्रशासनको निर्णयविरुद्ध प्रदर्शन, सडकमा उत्रिए यूएसएआईडीका कर्मचारी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन ह्वाइट हाउसले गरेको विभिन्न निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ । विशेषगरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का कर्मचारीहरुले ट्रम्प प्रशासनको विरोध गरेका हुन् । आन्दोलनकारीले संघीय कानून र अमेरिकी संविधानको उल्लङ्घन भएको आरोप लगाएका छन् । अनलाइनमार्फत करिब ५० राज्यमा एकसाथ विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा गरिएको निर्णय फिर्ता गर्न माग गरेका छन् । प्रदर्शनकारीले टेस्लाका सीईओ एलोन मस्कको प्रभाव र सक्रियताप्रति पनि चिन्ता व्यक्त गरेका छन् । उनीहरुले मस्कको नियुक्ति गैरकानुनी भएको पनि बताएका छन् । मस्कले यूएसएआईडी बन्द गर्नुपर्ने सुझाव दिएका थिए ।

ट्रम्पले यूएसएआईडीको सहायता तीन महिनाका लागि रोक्दै समीक्षा र पुनरवलोकन गर्ने आदेश गरेपछि विश्वभरका कर्मचारीहरुलाई फिर्ता गर्न निर्देशन समेत दिइसकेको छ । यूएसएआईडी सन् १९६१ मा राष्ट्रपति जोन एफ.केनेडीको प्रशासनमा स्थापित भएको थियो । यसले गरिबी निवारण, रोगहरूको उपचार, अनिकाल र प्राकृतिक प्रकोपहरुको प्रतिक्रिया दिन विश्वभर वार्षिकरुपमा अर्बौं डलर वितरण गदै आएको छ । यूएसएआईडीका हजारौँ कर्मचारीलाई शुक्रबार मध्यरातिदेखि छुट्टीमा राखिनेबारे सूचना जारी भइसकेको छ । (एजेन्सी)

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...