back

‘गोलि पचाएर यहाँसम्म आइपुगेका हामी दलाल पुँजीवादको रजाईबाट तर्सिन पर्दैन’ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले देशलाई दलाल पुँजीवादीको हातमा राखेर चुप लागेर बस्न नसक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्बोधन गर्दै उनले गोलिले उडाउँदा पनि आफूहरु त्यसलाई पचाएर यहाँसम्म आइपुगेको भन्दै अब दलाल पुँजीवादको झटारोबाट नतर्सिने बताएका हुन् ।
उनले भने, ‘म भन्न सक्छु यो देशलाई दलाल पुँजीवादीको हातमा राखेर चुप लागेर बस्न सक्दैनौं ।

यो देशलाई विदेशीहरुको इसारामा उठ भन्दा उठ बस भन्दा बस भन्ने मान्छेहरुको जिम्मा लगाएर हामी बस्नेवाला छैनौं । हामी यो देशको माटोमा उभिएर यो देशको पहाडमा उभिएर गर्वका साथ भन्छौ । इतिहास नयाँ तरिकाले पुननिर्माण गर्न बाँकी छ । हामीले पञ्चायत ढाल्यौ हामीले गोलिले उडायौं, हामी गोलिले उड्यौं हामीसबै पचाएर आएका मान्छे हौं । दलाल पुँजीवादको झटारोबाट हामी तर्सिन जरुरी छैन् । दलाल पुँजीवादको रजाईबाट हामी तर्सिन जरुरी छैन ।’

त्यस्तै, उनले दलाल पुँजीवादबाट साच्चै देशलाई शान्ति, स्थिरता र स्वाधिनता दिने हो भने यसको निकास समाजवाद नै रहेको दाबी गरे । वैज्ञानिक समाजवाद सम्भव नभए पनि समाजवादी पार्टीको बीचमा र समाजवादी विचारधाराबीचमा भव्य सहमति कायम गर्दै देशलाई अगाडि लैजानु पर्ने धारणा राखे ।

उनले भने, ‘दलाल पुँजीवादबाट साच्चै देशलाई शान्ति दिने हो, स्थिरता दिने हो, स्वाधिनता दिने हो यसको निकास भनेको समाजवाद हो । आज यदी वैज्ञानिक समाजवाद सम्भव छैन् भने पनि त्यसमा हाम्रो सहमति बन्न सक्दैन भने समाजवादी पार्टीकोबीचमा समाजवादी विचारधाराबीचमा भव्य सहमति कायम गर्दै जुनसुकै क्षेत्रबाट होस् देशलाई अगाडि लैजान जरुरी छ ।’

त्यस्तै, उनले अहिले गणतन्त्र आएपनि जनताको गणतन्त्र बन्न नसेको भन्दै जनताको गणतन्त्र बनाउन सबैजना लाग्न आवश्यक रहेको बताए ।

nactional life
Corporatebazar 11 Anniversary

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी...

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १७:५५

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ...

होल्डिङ सेन्टरका सुकुम्बासी भन्छन्, ‘डोजरले घर मात्र भत्काएन, सपना पनि चकनाचुर बनायो’

होल्डिङ सेन्टरका सुकुम्बासी भन्छन्, ‘डोजरले घर मात्र भत्काएन, सपना पनि चकनाचुर बनायो’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १५:१७

बाँके । ‘हामीले यो ठाउँलाई केवल बस्ने ठाउँ मात्रै बनाएका...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:१५

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...

एकै नेपाली अनलाइन प्लेटफर्मबाट १८० देशको भिसा आवेदन सेवा सुरु

एकै नेपाली अनलाइन प्लेटफर्मबाट १८० देशको भिसा आवेदन सेवा सुरु

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:१०

काठमाडौं । नेपालमा पहिलो पटक एकै नेपाली अनलाइन प्लेटफर्ममार्फत १८०...

प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन : सचेतक राई

प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रको शुभ संकेत होइन : सचेतक राई

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:५०

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निस्कल राईले देशको कार्यकारी प्रमुखले...