back

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय  : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् ।

सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आवद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिए ।

उनले भने, ‘अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तिको प्रवेश वित्तीय प्रणालीमा हुन नदिई वित्तीय स्वच्छता कायम गर्न सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रुपमा काम गर्नुपछ । सम्पत्तिको आपराधिक उपयोगबाट अर्थतन्त्रका साथै शासकीय स्वच्छतामा नै चुनौती खडा हुने हुँदा यसको निवारणमा थप प्रभावकारिता वृद्धि गर्दै आगामी दिनमा वित्तीय स्वच्छता कायम गर्न अझ हौसला प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछुु ।’

उनले असल मनसायका साथ आफ्नो पेशा, व्यापार, व्यावसाय गर्नु हुने सबैमा विचलित नभई आफ्नो व्यावसायिक एवं पेशागत जीवन निर्धक्क भइ काम गर्न समेत आग्रह गरे ।
प्रधानमन्त्री ओलीको सन्देश कार्यक्रमस्थलमा वाचन गरी प्रस्तुत गरिएको थियो ।

‘वित्तीय क्रियाकलापमा पारदर्शिता सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिवद्धता’ भन्ने मूूल नाराका साथ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आयोजनामा पहिलो पटक यो दिवस मनाइएको हो । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको अवसर पारेर नेपाल सरकारले यस वर्षदेखि प्रत्येक माघ १४ गते यो दिवस मनाउने निर्णय गरेको छ हो ।

nactional life
Corporatebazar 11 Anniversary

सांसद खतिवडाको प्रश्न– जेनजी आन्दोलनमा गोली चलाउनेलाई कहिले जेलमा देख्न पाउँछौं ?

सांसद खतिवडाको प्रश्न– जेनजी आन्दोलनमा गोली चलाउनेलाई कहिले जेलमा देख्न पाउँछौं ?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:०२

काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका घाइते...

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार कागजमै सीमित छन् : सांसद श्रेष्ठ

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार कागजमै सीमित छन् : सांसद श्रेष्ठ

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठले यौनिक तथा...

प्रधानमन्त्रीप्रति संवैधानिक संंस्कार र संसदीय परम्पराको प्रश्न उठेको छ : कांग्रेस

प्रधानमन्त्रीप्रति संवैधानिक संंस्कार र संसदीय परम्पराको प्रश्न उठेको छ : कांग्रेस

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५५

काठमाडौं । नेपाली कांग्रेसले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र...

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:२८

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:५२

काठमाडौँ । सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको छ...