सुनको भाउ घट्यो : कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ माघ १४ सोमवार
काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ । अघिल्लो कारोबार दिन २०० रुपैंयाले घटेको सुनको भाउ आज ३०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ६० हजार १०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ १५ रुपैंयाले घटेको छ । आज चाँदी १ हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित समय : ११:३६ बजे





















