back

बुधबारदेखि इन्धन आपूर्ति ठप्प पार्ने पेट्रोलियम ढुवानी व्यवसायीले दिए चेतावनी

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीमा काम गर्ने व्यवसायी र मजदूरका तीन संगठनले बुधबारबाट इन्धनको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।

नेपाल आयल निगमले पेट्रोलियम ढुवानी र साधनसम्बन्धी समस्या समाधान नगरेको भन्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघ अमलेखगञ्ज, अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघ र नेपाल यातायात स्वतन्त्र मजदूर संगठन अमलेखगञ्जले मंगलबार एक संयुक्त बिज्ञप्ती जारी गर्दै यस्तो भनेका छन् ।

उनीहरुले अनिश्चित कालका लागि ट्यांकर सञ्चालनमा रोक लगाएर इन्धनको ढुवानी ठप्प पार्ने चेतावनी दिएपछि पेट्रोलियम पदार्थको नियमित आपूर्तिमा समस्या उत्पन्न हुनसक्ने ठानिएको छ ।

आफूहरुले पटक पटक जायज मागहरु राख्दा पनि नेपाल आयल निगमले सम्बोधन गर्न चासो नदेखाएको भन्दै विरोधका कार्यक्रम घोषणा गरेका हुन् । व्यवसायीले यही पुस १४ बाट नै विरोधका कार्यक्रम गर्ने तय भए पनि मधेशको प्रादेशिक कार्यालयले विशेष अनुरोध गरेपछि पुस २३ सम्मको समय दिएका थिए ।

विरोधका कार्यक्रम अनुसार बुधबारदेखि भारतको बरौनी रिफाइनरीबाट हुने पेट्रोलको लोडिङ कार्य नै रोक्न प्रयास गर्ने पेट्रोलियम ढुवानी व्यवसायी संघका महासचिब राम ठकुरीले बताएका छन् । लोडिङ भइहाल्यो भने पनि अमलेखगञ्ज डिपोमा अनलोडिङ नगर्ने उनले बताए । अमलेखगञ्ज डिपोबाट पनि लोडिङ र अनलोडिङ दुबै काम ठप्प पारिने उनको भनाइ छ ।

अमलेखगञ्ज डिपोमार्फत बिराटनगर, भैरहवा, जनकपुरलगायतका क्षेत्रका पेट्रोल पम्पमा पेट्रोल आपूर्ति हुँदै आएको छ । यो आन्दोलनका कारण ती क्षेत्रमा पेट्रोलियमको आपूर्ति बिथोलिन सक्ने बताइएको छ ।

सरकारले अत्यावश्यक पदार्थको आपूर्ति र ढुवानीको क्षेत्रमा आन्दोलन गर्न नपाइने गरी प्रतिवन्ध लगाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...