back

निर्देशक घिसिङले भने, विद्युत क्षेत्रमा बजेटको अभाव छ

देशमा लोडसेडिङ हुँदा रमाउने जमात धेरै देखेँ । लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याइरहेका हुन्छन् ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले विद्यत क्षेत्रमा बजेटको अभाव भएको बताएका छन् ।

शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्दै उनले धेरै पूर्वाधारहरु बनाउनुपर्ने भए पनि बजेट अभावका कारण बन्न नसकेको बताएका हुन् ।

उनले भने, ‘हामीसँग बजेटको अभाव छ । लिमिटेड मात्र बजेट हामीसँग छ । धेरै पूर्वाधारहरु बनाउनुपर्नेछ । अर्थमन्त्रालयबाट बजेटको धेरै आशा पनि गर्न सकिँदैन। तर यसमा राज्यले बढि हेर्नुपर्छ । नेपालको पूर्वाधार क्षेत्रमा ठूलाठूला विकासका परियोजनाहरूको काम भइरहेको छ । बत्ती र बाटोको विकास भएको छ । जुन हाम्रो ठूलो पूर्वाधारको विकासको आधार हो । नेपालको विद्युत् क्षेत्रको ठूलो विकास हुनेछ, यसका लागि ठूलो लगानी आवश्यक छ । ठूला परियोजनहरूका लागि वैदेशिक लगानी चहिन्छ ।’ यसैगरी, घिसिङले देशमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताए । उनले लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याएको उनको आरोप छ ।

उनले भने, ‘नेपालमा नकारात्मक कुराहरुको जमात बढ्दो छ । देशमा लोडसेडिङ हुँदा रमाउने जमात धेरै देखेँ । लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याइरहेका हुन्छन् । तर विद्युत प्राधिकरण नाफामा गयो भन्नासाथ एकदमै खुसी नहुँने र घाटामा गयो भने एकदमै खुसी हुने जमात पनि छ । ’

उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरूमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत् वितरणमा समस्या भएको बताए । माथिल्लो तामाकोसी र कालीगण्डकी बन्ने बित्तिकै लोडसेडिङको समस्या समाधान हुने उनको भनाइ छ ।

nactional life
Corporatebazar 11 Anniversary

कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी

कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी

वि.सं.२०८३ वैशाख ३० बुधवार १८:५३

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने...

प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन

प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन

वि.सं.२०८३ वैशाख ३० बुधवार १८:४९

वीरगन्ज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सेवाप्रवाहलाई प्रभावकारी र...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन प्रति सांसद थापाको प्रश्न

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:४८

काठमाडौं । सांसद डा. लेखजंग थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन...

कर्णालीको विद्युत् आपूर्ति प्रभावित भएपछि मन्त्री श्रेष्ठद्वारा तत्काल मर्मत र छानबिनको निर्देशन

कर्णालीको विद्युत् आपूर्ति प्रभावित भएपछि मन्त्री श्रेष्ठद्वारा तत्काल मर्मत र छानबिनको निर्देशन

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:४६

काठमाडौं । बाँकेको चिसापानी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको कोहलपुर–सुर्खेत...

प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति

प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति सांसद राईको आपत्ति

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:३८

काठमाडौं । सांसद निस्कल राईले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति आपत्ति जनाएका...

नेपाल सरकार कार्य विभाजन नियमावली,२०८३ स्वीकृत

नेपाल सरकार कार्य विभाजन नियमावली,२०८३ स्वीकृत

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:२७

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन...