नेपाल बैंकर्स एसोसिएसनमा सन्तोष कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित
वि.सं.२०८१ पुस ४ बिहीवार
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले नयाँ कार्यसमिति गठन गरेको छ ।
नयाँ कार्यसमितिमा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको हो । कोइराला यस अघि नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष थिए ।
यसैगरी, नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्ष पदमा कार्यसमितिमा तीन जना सदस्य रहेका छन् ।
जसमा एभरेष्ट बैंक लिमिटेड सीईओ सुदेश खालिङ, कुमारी बैंक सीईओ राम चन्द्र खनाल, नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।
प्रकाशित समय : १०:३५ बजे





















