back

चीन सरकारले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई निमन्त्रणा

बेइजिङ । चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी करिब रु नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच आज भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच अत्यन्त सौहार्दपूर्णरूपमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिए ।

सहसचिव ढकालका अनुसार नेपाल र चीन पुराना र असल छिमेकी तथा मित्रराष्ट्र भएको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित रहेको बताए । उनले नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

राष्ट्रपति सीले नेपाली वस्तु चिनियाँ बजारमा आयात गर्न र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न तयार रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले चीन र नेपालको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताउँदै आपसी सम्बन्धको मूल आधार सार्वभौमिक समानता र आपसी समझदारी एवं विश्वास भएको स्पष्ट पारे ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई निमन्त्रणा दिए ।

जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमण आमन्त्रणको लागि धन्यवाद व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताए ।

भेटमा प्रधानमन्त्री ओलीले छोटो अवधिमा चीनले गरेको तीव्रतर विकास र गरिबी निवारणको क्षेत्रमा हासिल गरेको सफलताको प्रशंसा गरेका थिए । साथै ‘वर्तमान सरकार, समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित आर्थिक विकास र रुपान्तरणमा केन्द्रित रहेको बताउँदै उनले आर्थिक विकासका क्षेत्रमा मित्रराष्ट्र चीनसँग नेपालले थप सहयोग र साझेदारी गर्न चाहेको जानकारी गराए ।

प्रधानमन्त्री ओली र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुबीच पनि आजै भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटमा उहाँहरूबीच संसदीय अभ्यासका अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो ।


विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १७:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका...

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १६:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा...

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४५

विश्वविद्यालय, शिक्षक र विद्यालयहरु सुधार गर्न राजनीतिक दलहरुको चिन्तन नै...

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक प्रदान

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक प्रदान

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल...

आज सिद्धबाबा सुरुङ् मार्ग  ब्रेक थ्रु हुने

आज सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु हुने

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:५३

काठमाडौं । सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु (अन्तिम छेड्ने काम)...

हामीले देश भित्र भविश्य खोज्नेहरुको लागि काम गर्न थालेका छौ : अर्थमन्त्री पौडेल

हामीले देश भित्र भविश्य खोज्नेहरुको लागि काम गर्न थालेका छौ : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १० बिहीवार १८:१२

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औषत काम गरेर...