back

नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

“जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताए ।

उनले विश्वसनीय रुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ उल्लेख गरे ।

“जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ ।”, प्रधानमन्त्री ओलीले भने, “यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गर्नुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छौँ ।”

नवलपरासी (सुस्ता पूर्व) का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका थिए । चाइनास्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी रहेका थिए ।

भौतिक मन्त्री दाहालले निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्मका काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराए ।

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएका थिए ।

 

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...