back
skip this gaugauma singhadarbar

नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो

“जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम सुरु नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताए ।

उनले विश्वसनीय रुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्छ उल्लेख गरे ।

“जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि कष्टपूर्णरुपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ ।”, प्रधानमन्त्री ओलीले भने, “यस विषयलाई गम्भीरताका साथ लिएर सरकारका सम्बन्धित निकायले काम गर्नुपर्ने देखिन्छ । यसमा मेरो पनि गम्भीर ध्यान गएको छ । हामी निर्णायक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छौँ ।”

नवलपरासी (सुस्ता पूर्व) का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका थिए । चाइनास्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी रहेका थिए ।

भौतिक मन्त्री दाहालले निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्मका काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराए ।

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएका थिए ।

 

nactional life -asoj
gaugauma singhadarbar

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...

पत्रकार फणिन्द्र लामिछानेको उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

पत्रकार फणिन्द्र लामिछानेको उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

वि.सं.२०८२ कात्तिक १६ आइतवार १९:४४

काठमाडौं । पत्रकार, लेखक तथा समाजवादी चिन्तक फणिन्द्र लामीछानेद्वारा लिखित...

जेनजी सरकारलाई पहिलो धक्का : राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

जेनजी सरकारलाई पहिलो धक्का : राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

वि.सं.२०८२ कात्तिक १६ आइतवार १७:३६

काठमाडौं । सर्वोच्च अदालतले सरकारले विभिन्न ११ देशमा कार्यरत नेपाली...

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

वि.सं.२०८२ कात्तिक १२ बुधवार ०९:२८

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा...