back

इशान बाल अस्पतालले मनायो २९औं बार्षिकोत्सव, अन्तराष्टिय सेवा दिने प्रतिबद्धता

काठमाण्डौ । काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९औं बार्षिकउत्सव सम्पन्न गरेको छ ।

बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले आइतबार पत्रकार सम्मेलन गर्दै २९ औ बार्षिकउत्सव मनाइरहँदा विरामीहरु, विरामीका आफन्तजन र जनमानसले अस्पतालका सेवाहरु विश्वास गरी काम गर्ने मौका दिएकोमा धन्यवाद ज्ञापन गरेको छ ।

विस २०५२ सालमा कृष्णाष्टमीका दिन १५ बेडबाट सुरु भएको यस अस्पतालले अहिले आफनो सेवा र क्षेत्र विस्तार गर्दै एक सय बेडको सुविधा सम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरी प्रेस विज्ञप्ती जारी गर्दै बताए । अस्पतालमा आकस्मिक विभागमा २४ घन्टा नै पेडियाटिक विशेषज्ञ रजिष्टारहरुबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला तथा प्रशुतीm हाडजोर्नी सम्बन्धमा सेवाहरु उपलब्ध रहेको डा चौधरीले बताए ।

उनले अस्पताल आफनै नयाँ सुविधा सम्पन्न अस्पतालमा सरेर समय सापेक्ष सुविधाहरु तथा क्षमता वृद्धि गर्दै नवजात तथा बाल सघन उपचार कक्ष सेवाहरु, एम्बुलेन्स, प्याथोलोजी, अल्टासाउण्ड, एक्स रे, फार्मेसी तथा क्ययान्टेन सेवाहरु विस्तार गर्दै लगेको बनाए । पत्रकार सम्मेलनमा बोल्दै डा. चौधरीले अस्पतालमा पटक पटक नवजात तथा बाल शब्लयरोग तथा बाल युरोलोजी सम्बन्धी जडिल भन्दा जटिल शल्यक्रियाहरु भइरहेको जानकारी दिए । अस्पतालको त्यस्तै सह्रायिनक कार्यले गर्दा भारत तथा बंगलाशदेशबाट समेत आएका शच्चाहरुको सफल शल्यक्रिया भएको उनले बताए ।

अस्पतालका निर्देशक प्रा.डा . रामनन्दन प्रसाद चौधरीले अस्पतालले विभिन्न बैंक, इन्सायेरेन्स सहित टोखा तथा बुढानिलिकण्ठ नगरपालिका परिशरका धेरैजसो विद्यालयसँग छुट सेवा उपलब्ध गराउन सम्झौता भएको बताए ।

सामाजिक उत्तरदायित्व बहन गर्ने हिसावले कतिपय अवस्थामा निशुल्क शेवा पनि दिइदैँ आएको उनले सुनाए । हाल अस्पतालमा ८७ जना विभिन्न बिषयका बरिष्ठ विशेषज्ञ सहित बाल रोग तथा बाल शल्यक्रिया, महिला तथा विभिन्न विषयका सुपर स्पेशिलिष्ट र मलटीस्पेस्लिट विशेषज्ञ सेवाहरु दिइरहेको बताए । उनले ईशान अस्पताल अहिले बिरामी र वातावरणमैत्री भएको समेत बताए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...