back

सरकारले अपराधी नसमाउ, निर्दोष फसाउ र दोषीलाई छाड भन्दैन : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए ।

अपराध कसैले गराउन खोजेको छ भने त्यसलाई पहिले नै पत्ता लगाउने र नियन्त्रण गर्नेगरी नेपाल प्रहरीलाई काम गर्न सचेत गराउँदै प्रधानमन्त्री ओलीले त्यस काममा सरकारले कुनैपनि खालको हस्तक्षेप नगर्ने बताए ।

उनले अपराध गर्नेहरुलाई पहिलेनै सचेत बनाउने गरी अभियान चलाउन सकिए समाजमा अपराधिक घटना हुन नपाउने उल्लेख गर्दै त्यस अभियानमा प्रहरीले चनाखो भएर अघि बढ्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले संविधान र कानूनले मार्ग निर्देश गरे अनुसार चल्न पनि प्रहरीहरुलाई आग्रह गरे ।

वर्तमान सरकारले फलानोलाई फसाउ भन्ने आदेश प्रहरीलाई नदिने भन्दै प्रधानमन्त्री ओलीले ढुक्कका साथ आफ्नो कामलाई अघि बढाउन पनि प्रहरीको ध्यानाकर्षण गराए ।

राज्यको शक्ति दूरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने काम भनेको अपराधिक क्रियाकलाप भएकाले राज्यको तर्फबाट निर्दोषलाई दोषी करार गर्ने काम हुनै नसक्ने प्रधानमन्त्री ओलीले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...