back
skip this gaugauma singhadarbar

आज राति नै केपी ओली प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौँ । केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका ओली आज राति ९ बजेपछि नै प्रधानमन्त्री बन्ने भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिएकी थिइन् । यो समयसीमा सकिन एकाध घण्टामात्र बाँकी छ । यता काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना नरहेपछि आज राति नै ओली प्रधानमन्त्री नियुक्त हुने छन् ।
तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका हुन् ।

माधव नेपाल समूहले सामुहिक राजीनामा नगरेको र जसपाको महन्थ ठाकुर पक्षका सांसदहरुलाई भक्तपुरको रिसोर्टमा राखिएपछि देउवाको पक्षमा बहुमत नजुटेको हो ।
विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।

nactional life -asoj
gaugauma singhadarbar

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...

पत्रकार फणिन्द्र लामिछानेको उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

पत्रकार फणिन्द्र लामिछानेको उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

वि.सं.२०८२ कात्तिक १६ आइतवार १९:४४

काठमाडौं । पत्रकार, लेखक तथा समाजवादी चिन्तक फणिन्द्र लामीछानेद्वारा लिखित...

जेनजी सरकारलाई पहिलो धक्का : राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

जेनजी सरकारलाई पहिलो धक्का : राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

वि.सं.२०८२ कात्तिक १६ आइतवार १७:३६

काठमाडौं । सर्वोच्च अदालतले सरकारले विभिन्न ११ देशमा कार्यरत नेपाली...

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

वि.सं.२०८२ कात्तिक १२ बुधवार ०९:२८

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा...