back

हाम्रो दायित्व र जिम्मेवारी के हो भनेर राम्रैसँग थाहा छ, शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने विषयलाई नजिकबाट नियालिरहेका छौं: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा भएका कामहरूलाई नजिकबाट नियालिरहेको बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको छलफल गर्नेक्रममा यस प्रक्रियालाई आफूहरूले नजिकबाट नियालिरहेको बताएका हुन्।

‘हामी संसदमा २१ जना छौं। हाम्रो दायित्व र जिम्मेवारी के हो भनेर राम्रैसँग थाहा छ। शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन भइरहेका कामहरूलाई नजिकबाट नियालेका छौं। यसका पीडितहरूले न्याय पाउनुपर्छ भन्ने स्थापित हुनुपर्छ,’ उनले भने।

त्यस सन्दर्भमा गठन हुने आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने बताएका छन्।

संक्रमणकालिन न्याय निरूपणको गाँठा फुकाउने गरी कानून बनेपनि न्याय प्रदान गर्न संरचनाको आवश्यक रहेको बताएका हुन्।

‘संक्रमणकालिन न्याय निरुपणका गाँठा फुकाउने गरी कानून त बन्ने भयो। तर कानून आफैले न्याय दिने चाहीँ होइन,’ उनले भने, ‘संरचना यसका लागि चाहिन्छ। र ती संरचनामा रहने व्यक्तिको नियत अत्यन्त सफा चाहिन्छ।’

उनले न्याय प्रदान गर्ने संरचनामा पनि नियत सफा भएका व्यक्ति हुनुपर्नेमा जोड दिए। राजनीतिक स्वार्थका आधारमा दलीय भागबण्डासहित आयोग बनाउँदा पीडितको न्‍याय सुनिश्चित नहुने पनि उनले बताए।

‘फेरि पनि राजनीतिक स्वार्थका आधारमा दलिय भागबण्डासहित आयोग बनाइयो भने त्यो आयोगले जसोतसो काम त गर्ला। तर पीडितलाई न्याय सुनिश्चित गर्न सक्दैन,’ उनले भने, ‘आयोगलाई नाममा मात्र होइन, काममा पनि स्वतन्त्र र निष्पक्ष बनाऔँ भन्ने अपील राख्न चाहन्छु। आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गर्न सकेको भए झनै राम्रो हुने थियो।’त्यसैगरी मेलमिलापका लागि पीडित पक्षले पीडितलाई दबाब र प्रभावमा पार्ने खतरा सँधै हुने पनि उनले देशभित्र टुंगिएका मुद्दामा अन्तर्राष्ट्रिय प्रश्न नउठ्ने परिस्थिति बनाउनुपर्ने बताए।

 


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१०

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

वि.सं.२०८२ वैशाख १० बुधवार १६:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी...