back
himalayan life

हाम्रो दायित्व र जिम्मेवारी के हो भनेर राम्रैसँग थाहा छ, शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने विषयलाई नजिकबाट नियालिरहेका छौं: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा भएका कामहरूलाई नजिकबाट नियालिरहेको बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको छलफल गर्नेक्रममा यस प्रक्रियालाई आफूहरूले नजिकबाट नियालिरहेको बताएका हुन्।

‘हामी संसदमा २१ जना छौं। हाम्रो दायित्व र जिम्मेवारी के हो भनेर राम्रैसँग थाहा छ। शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन भइरहेका कामहरूलाई नजिकबाट नियालेका छौं। यसका पीडितहरूले न्याय पाउनुपर्छ भन्ने स्थापित हुनुपर्छ,’ उनले भने।

त्यस सन्दर्भमा गठन हुने आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने बताएका छन्।

संक्रमणकालिन न्याय निरूपणको गाँठा फुकाउने गरी कानून बनेपनि न्याय प्रदान गर्न संरचनाको आवश्यक रहेको बताएका हुन्।

‘संक्रमणकालिन न्याय निरुपणका गाँठा फुकाउने गरी कानून त बन्ने भयो। तर कानून आफैले न्याय दिने चाहीँ होइन,’ उनले भने, ‘संरचना यसका लागि चाहिन्छ। र ती संरचनामा रहने व्यक्तिको नियत अत्यन्त सफा चाहिन्छ।’

उनले न्याय प्रदान गर्ने संरचनामा पनि नियत सफा भएका व्यक्ति हुनुपर्नेमा जोड दिए। राजनीतिक स्वार्थका आधारमा दलीय भागबण्डासहित आयोग बनाउँदा पीडितको न्‍याय सुनिश्चित नहुने पनि उनले बताए।

‘फेरि पनि राजनीतिक स्वार्थका आधारमा दलिय भागबण्डासहित आयोग बनाइयो भने त्यो आयोगले जसोतसो काम त गर्ला। तर पीडितलाई न्याय सुनिश्चित गर्न सक्दैन,’ उनले भने, ‘आयोगलाई नाममा मात्र होइन, काममा पनि स्वतन्त्र र निष्पक्ष बनाऔँ भन्ने अपील राख्न चाहन्छु। आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गर्न सकेको भए झनै राम्रो हुने थियो।’त्यसैगरी मेलमिलापका लागि पीडित पक्षले पीडितलाई दबाब र प्रभावमा पार्ने खतरा सँधै हुने पनि उनले देशभित्र टुंगिएका मुद्दामा अन्तर्राष्ट्रिय प्रश्न नउठ्ने परिस्थिति बनाउनुपर्ने बताए।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...

प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 

प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 

वि.सं.२०८३ असार १४ आइतवार १३:५४

काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित भएको छ...

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने

वि.सं.२०८३ असार १४ आइतवार १३:४४

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम...

ट्राफिक नियमसँगै राज्यको लापरबाहीमा पनि जरिवानाको व्यवस्था गर्न सांसद शाहीको माग

ट्राफिक नियमसँगै राज्यको लापरबाहीमा पनि जरिवानाको व्यवस्था गर्न सांसद शाहीको माग

वि.सं.२०८३ असार १४ आइतवार १३:२०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...

फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

वि.सं.२०८३ असार १४ आइतवार १३:०५

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र...

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...