back
himalayan life

पल्सर स्पोर्ट्स अवार्ड २८ भदौमा हुने,गोल्छा ग्रुपसँग सम्झौता

काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २१ औं संस्करण आगामी २८ भदौमा हुने भएको छ ।

यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस, एसिया) को कंग्रेस पनि आयोजना गर्ने बुधबार आयोजित कार्यक्रममा जानकारी दिइएको छ । एनएसजेएफ एआईपीएस एसियाको सदस्य राष्ट्रय हो ।

स्पोर्ट्स अवार्ड कार्यक्रमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुऱ्याउने अभियानस्वरुप मञ्चले अवार्डको पूर्वसन्ध्यामा एआईपीएस एसिया कंग्रेस भदौ २५ देखि २८ सम्म आयोजना गर्नेछ । कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारहरुको उपस्थिति रहनेछ ।

स्पोर्टस अवार्डको २१ औं संस्करणमा १० विधा समावेश गरिएको छ । वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड बिधामा भने मनोनयन हुने छैन। सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा हुनेछ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी ५ विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् ।

अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्य विधाका विजेताले जनही १ लाख रुपैयाँ पाउने एनएसजेएफले जनाएको छ । गत वर्षहरुमा यो पुरस्कारको राशी ५० हजार रुपैयाँ थियो ।

गत वर्ष पुरुषतर्फ एथलेटिक्सका दीपक अधिकारी, महिलातर्फ एथलेटिक्सकी राजपुरा पछाई र प्रशिक्षकतर्फ एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, युवामा क्रिकेटका देवकुमार खनाल उत्कृष्ट भएका थिए । पिपल्स च्वाइस अवार्ड टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले जितेकी थिइन् ।

स्पेसल अवार्ड फोटोपत्रकार सुदर्शन रञ्जितलाई प्रदान गरिएको हो। पारा एथलिट सम्मान एथलेटिक्स पारा खेलाडी मैया विशुखे, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड हङकङका खेल पत्रकार चु चान फाइ र लाइफटाइम एचिभमेन्ट अवार्ड भारोत्तोलनका ओलम्पियन राजेन्द्रकुमार प्रधानलाई प्रदान गरिएको थियो

गोल्छा ग्रुपसँग सम्झौता

पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकलसँग सहकार्य निरन्तरता पाएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा ग्रुपबीच अवार्डकै लागि सहकार्य भएको यो १६ औं वर्ष हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र गोल्छा ग्रुपका प्रवन्ध निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार गोल्छा ग्रुपले अवार्डमा ५ पल्सर बाइक प्रदान गर्नेछ भने नगद १२ लाख प्रदान गर्नेछ । गोल्छा ग्रुपका अभिमन्यु गोल्छाले यस पटक पिपुल्स च्वाइस अवार्ड बिजेतालाई पल्सर एनएस ४०० मोटरबाइक प्रदान गर्ने जानकारी दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

वि.सं.२०८३ असार १४ आइतवार १४:०१

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले...