नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाकाबीच सम्झौता
वि.सं.२०८१ साउन २५ शुक्रवार
काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबिच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
मंगलबार प्रहरी प्रधान कार्यालयमा भएको सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमूख वित्त अधिकृत प्रकाश कूमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ट प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गर्नुभएको थियो ।
सो सम्झौता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले सहूलियत सहितको बिभिन्न सूविधा रहने तलबि खाता खोलि बैंक नियमानूसार बिनाधितो कर्जा तथा अन्य बैकिंग सूविधा पाउन सक्नेछन् ।
प्रकाशित समय : १६:२२ बजे