back
nactional

म ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’‘एउटा त्रुटि पाउनुभो भने बोलाउनुस्, प्रधानमन्त्री हाजिर हुन्छ’

मैले कहिल्यै भ्रष्टाचार गरिनँ, गर्न इजाजत दिएको छैन । मेरो नजरभन्दा बाहिर भएको भए बेग्लै कुरा हो,’ चित्रगुप्तका पनि अगाडि जवाफ दिन तयार रहेको भन्दै उनले भने, ‘मेरो बुताभन्दा बहिर अरुले गरेको कुरा रोक्न नसकिएको होला । तर गर्न दिएको होइन ।’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने आफ्नो प्रतिबद्धतामा शंका नगर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था समितिमा भएको छलफलमा भाग लिंदै प्रधानमन्त्री ओलीले आफूले कहिल्यै भ्रष्टाचार नगरेको बताए । ‘कहिल्यै भ्रष्टाचार गरिनँ, गर्न इजाजत दिएको छैन । मेरो नजरभन्दा बाहिर भएको भए बेग्लै कुरा हो,’ चित्रगुप्तका पनि अगाडि जवाफ दिन तयार रहेको भन्दै उनले भने, ‘मेरो बुताभन्दा बहिर अरुले गरेको कुरा रोक्न नसकिएको होला । तर गर्न दिएको होइन ।’ छलफलमा रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको प्रतिबद्धता पुरानै भएको भन्दै कसरी भन्ने प्रश्न गरे । दलहरुको संलग्नता जगजाहेर रहेको भन्दै उनले सोधेका थिए, ‘यसलाई अन्त्य गर्न निरन्तरको प्रतिबद्धता पर्याप्त होला र ?’

टेरामक्स, बाइडबडी, नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी, यति ओम्नी, गिरिबन्धु सबैमा राजनीतिक संलग्नताको चर्चा रहेको भन्दै उनले भने, ‘यसका बाबजुद प्रधानमन्त्रीले मसँग यो प्लान छ, जसले गर्दा सरकारमा सहभागी दलकै कुनै पनि नेताको विषय आउँदा पनि गर्न सक्ने ग्राउण्ड यो भन्ने भयो भने अझ विश्वसनीयता होला । नत्र निरन्तर चलिरहन्छ ।’

लामिछानेतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले कसैको अनुहार हेरिँदैन भनेर आफूले भनिसकेको स्मरण गरे । ‘कसैको अनुहार नहेरी कडा नीति अख्तियार गर्छौं’ यो प्रचारबाजी नभई स्थितिमा सुधार ल्याउन चाहेको भन्दै उनले भने, ‘कसैप्रति स्नेहभाव न वैरभाव । यस्ता कुराबाट पृथक् रहेर देशका लागि काम गर्ने हो ।’

त्यसका बाबजुद आशंका देखिएको भन्दै उनले कुनै दिन तल–माथि नहुनेमा ढुक्क हुन आग्रह गरे । ‘केही आशंका जस्तो गर्नुभएको छ, केही आधारहरु रहे होलान् । तर आजको सरकारको सम्बन्धमा शंकामुक्त भएर चल्नु भए हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा पनि त्रुटि यो सरकारले गरेको पाउनुभो भने यो समितिमा बोलाउनुस् । प्रधानमन्त्री हाजिर हुन्छ, प्रधानमन्त्रीले स्पष्ट पार्छ ।’आफ्नो नेतृत्वको सरकार गल्ती गर्न नभई देश र जनताको अवस्थामा सकारात्मक परिवर्तन ल्याउन बनेको र त्यसअनुसार नै अगाडि बढ्ने उनले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

भृकुटीमण्डपमा विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

भृकुटीमण्डपमा विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:०३

काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स...

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:५३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा...

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

पाँच इन्टरनेट कम्पनीको लाइसेन्स पाँच वर्ष थपियो

वि.सं.२०८३ भदौ ३ बुधवार १५:३२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र...

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ । ...

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

२०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजार गैरअमेरिकीले मतदान गरेको ट्रम्पको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार १२:०४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय...

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:५३

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा...