सेयर बजारमात्रै नभइ पुरै बजार चलायमान गर्ने दाबी, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन जानेको छैन: प्रधानमन्त्री ओली (पूर्णपाठ)
अर्थतन्त्र सुधारको कार्यक्रम के छ ?
वि.सं.२०८१ साउन ७ सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सेयरबजारमात्रै होइन देशको पूरै बजार चलायमान हुने बताएका छन् ।प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले अब सेयर बजार मात्र नभइ देशको पूरै बजार चलायमान हुने धारणा राखेका हुन् ।
प्रधानमन्त्री ओलीले आफू पछि नहट्ने प्रवृतिको व्यक्ति नभएको बताएका छन् । उनले आफू देश विकासका लागि काम गरिरहेको बताउँदै आफूमा ब्याक गियर नरहेको धारणा राखे ।
‘म सधैं अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन,’ ओलीले भने ।उनले विकासको मुख्य तगारो अस्थिरता भएकाले त्यसलाई हटाउन संविधान संशोधन आवश्यक परेको पनि बताए ।
प्रकाशित समय : १०:१७ बजे





















