back

सर्वोच्चद्वारा विज्ञापन नियमावली खारेज गर्न अस्वीकार

nactional life

काठमाडौं । सर्वोच्च अदालतले विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० खारेजीको माग गर्दै परेको रिटमा नियमावलीको संशोधित व्यवस्थाले विज्ञापन एजेन्सीहरुको हकहितमा कुनै प्रतिकुल असर नपुर्‍याएको भन्दै खारेज गर्न अस्वीकार गरेको छ ।

विद्युतीय खरिद प्रणाली सञ्‍चालन निर्देशिका, २०८० मा रहेको सरकारी कोषको प्रयोग गरी खरिद गर्ने संस्थाले खुल्ला रुपमा बोलपत्र वा पूर्व योग्यता वा प्रस्ताव आव्हान गर्दा विद्युतीय खरिद प्रणाली मार्फत मात्र गर्नुपर्ने ब्यवस्थालाई भने सर्वोच्च अदालतले बदर गरेको छ।

राष्ट्रिय विज्ञापन संघ, नेपालका तर्फबाट अधिवक्ता सविन पोखरेलले दायर गरेको रिटमा पौष २० गते सुनुवाई गर्दै भएको फैसलाको हालै प्राप्त पुर्ण पाठमा विद्युतीय खरिद प्रणाली निर्देशिका, २०८० को दफा ५ (१) मा रहेको विद्युतीय खरिद प्रणाली मार्फत मात्र भन्ने शब्द तथा दफा ४५ मा रहेको अन्य माध्यमबाट सूचना प्रकाशन गर्न नपर्ने व्यवस्था सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ समेतको प्रतिकूल देखिएकोले उक्त निर्देशिकाको दफा ५ को “मात्र” भन्ने शब्द र दफा ४५ उत्प्रेषणको आदेशद्बाट बदर गरिएको उल्लेख छ।

अदालतको यो आदेशसंगै सार्वजनिक खरिद प्रक्रिया अवलम्वन गर्दा पत्रपत्रिकामा विज्ञापन प्रकाशन गर्नु अनिवार्य भएको छ ।

नियमावलीको यो व्यवस्थाले विज्ञापन बजार पारदर्शी हुने र विज्ञापन व्यवसाय थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा भएको व्यवस्था बमोजिम विज्ञापन व्यवसायलाई पारदर्शी र व्यवस्थित गर्न विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० तयार गरेको अवस्थामा रिट निवेदकको माग बमोजिम संशोधित व्यवस्था बदर गरिरहनु नपर्ने सर्वोच्च अदालतको उत्प्रेषण आदेशमा उल्लेख गरिएको छ ।

विज्ञापन बोर्डलाई समेत विपक्षी बनाई २०८० साउन ३२ को नेपाल राजपत्रमा प्रकाशित विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० को नियम ५ ग (२), नियम ६ क को (२) र नियम १३ (१) (ख) को व्यवस्था लागु नगर्न नगराउन परेको रिटमा सर्वोच्च अदालतले संशोधित नियमावलीमा भएका प्रावधानले विज्ञापन एजेन्सीहरुलाई कुनै प्रतिकूल असर नपुर्‍याएको तथा विज्ञापन व्यवसायलाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्य राखेको जारी आदेशमा उल्लेख गरिएको छ ।

संशोधित नियमावलीमा सरकारी विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण बोर्ड मार्फत गर्नुपर्ने, भुक्तानी गर्दा सरकारी निकायले सञ्चारमाध्यमको विलको प्रतिलिपि सहित विज्ञापन एजेन्सीको सेवाशुल्क खुल्ने विलको आधारमा गर्नुपर्ने, सञ्चारमाध्यमले आफ्नो दररेट सार्वजनिक गर्नु पर्ने, विज्ञापनको रकम भुक्तानी गर्दा भुक्तानी दिने निकाय वा कार्यालयले तीन प्रतिशत रकम बोर्डको कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेको थियो। उक्त प्रावधानहरु खारेजीको माग गर्दै राष्ट्रिय विज्ञापन संघ, नेपाल सर्वोच्च अदालत पुगेको थियो।

उक्त ब्यवस्थाले विज्ञापन एजेन्सीको सेवा शुल्क पारदर्शी हुने, सरकारी विज्ञापनमा रहेको चुहावट नियन्त्रण हुने, सरकारी खर्चमा व्यापक कटौती हुने र विज्ञापन बजार पारदर्शी हुने विश्वास बोर्डले लिएको छ ।

विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत तथा प्रवक्ता निशान राज गौतमद्धारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ‘सरकारी विज्ञापनमा रहेको चुहावट नियन्त्रण हुने, सरकारी खर्चमा व्यापक कटौती हुने र विज्ञापन बजार पारदर्शी हुने विश्वास बोर्डले लिएको छ ।

संशोधित नियमावलीमा सरकारी निकायले विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्दा बोर्डको सूचना प्रविधि प्रणालीमार्फत सञ्‍चार माध्यममा पठाउनुपर्ने तथा सो बापतको रकम प्रकाशन तथा प्रसारण गर्ने कार्यालयले नै भुक्तानी गर्ने ब्यवस्था भएकोले संशोधित नियमावली बमोजिम गर्न गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:२५

काठमाडौं । कन्सुलर सेवा विभागद्वारा कन्सुलर सेवा प्रवाहलाई थप सहज,...

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

वि.सं.२०८३ जेठ १२ मंगलवार १६:४१

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका १६ लाख नागरिकको विपद्...

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

वि.सं.२०८३ जेठ १२ मंगलवार १४:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार...

काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन...

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...