back

नेपालले सदस्यता लिएको २० वर्ष पुरा गर्दा पनि विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिनका लागि विश्व व्यापार संगठन(डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पुरा भए पनि अपेक्षित लाभ हुन नसकेको बताउनुभएको छ ।

मन्त्रालय द्धारा ‘नेपालको विश्व व्यापार संगठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “विकासशील मुलुकहरुलाई विश्व अर्थतन्त्रबाट सिर्जित लाभ लिन र बजार पहुँच दिलाउन स्थापित भएको यस संगठनबाट केही अपवाद बाहेक अल्पविकसित मुलुकले आशा गरे अनुसार लाभ लिन सकिरहेको अवस्था छैन ।”

उहाँले निर्यात सम्भाव्यता भएका राष्ट्रसँग द्धिपक्षिय व्यापार तथा लगानी सम्झौता गर्न सरकार, निजी क्षेत्र, अनुसनधान संस्था लगायत सरोकारवालाको सहभागितालाई अर्थपूर्ण बनाउन जरुरी रहेकामा जोड दिँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय व्यापारको सम्भावना अध्ययन गरी वस्तुगत र देशगत निर्यात रणनीति तर्जुमा गरि अगाडि बढ्ने योजना आवश्यक देखिएको बताउनुभयो । 

उहाँले विश्व व्यापारका सनदर्भमा सार्वजनिक–नीजि सम्बाद कार्यक्रममा सबैलाई आ–आफ्नो क्षेत्रबाट कसरी औद्योगिक तथा व्यापारिक क्षेत्रमा जागरण ल्याउन सकिन्छ भनेर बृहत बहस तथा छलफलको आवश्यकता औँल्याउनुभयो ।

मन्त्री भण्डारीले विश्व व्यापारको परिणाम अपेक्षाकृत आउन नसकेको उल्लेख गर्दै यसका लागि गम्भिर ढंगले राष्ट्रिय बहसको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “डब्लुटीओको मान्यतामा हामी सहमत छौँ, तर नेपालको सन्दर्भमा त्यो लागू हुन सकेको छैन, हामीले आयातित वस्तुको भारी बोक्नुपर्ने अवस्था छ, यो समस्याबाट हामी मुक्त हुन जरुरी छ ।” उहाँले विश्व बजारमा नेपालको उपस्थिती हुन नसकेको विषयमा मसिनो ढंगले अध्ययन गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले निजी क्षेत्रबाट अपेक्षा राखेर निर्माण गरिएका नीतिले अपेक्षाअनुसार सफलता नपाउँदा पनि विश्व व्यापारमा नेपालको उपस्थिती कमजोर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारका तर्फबाट नीतिगत काम गर्नुपर्ने छ, हामी मन्त्रालयस्तरमा विश्व बजारमा कसरी जाने भनेर रणनीति तयार गर्दैछौँ, हामीले आफ्नो उत्पादनलाई बढाउने काम गर्नुपर्छ ।”

यस्तै उद्योग सचिव कृष्णबहादुर राउतले विश्व व्यापार संगठनको सदस्यता लिएको २० वर्ष भइसक्दा पनि नेपालले सहि हिसाबले फाइदा लिन नसकेको बताउनुभयो । उहाँले विश्व व्यापार संगठनको सदस्य भएपछि आश्वासन पाएअनुसार व्यापारमा नेपालले हिस्सा लिन नसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, निर्यात व्यवसायी महासंघका उपाध्यक्ष गोविन्द घिमिरे, मन्त्रालयको बहुपक्षिय महाशाखाका सहसचिव लिलाप्रसाद शर्मालगायतले विश्व बजारमा नेपालको व्यापारमा पहुँच हुन नसक्दा र आयातमुखी व्यवसाय बढ्दो क्रममा रहेकाले व्यापार घाटा बढ्दो क्रममा रहेको बताउनुभयो । 

उहाँहरुले आयातमुखी व्यापारलाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मन्त्रालयका उपसचिव लीलाधर अधिकारीले ‘डब्ल्यूटीओ सदस्यताः अपेक्षाहरू र उपलब्धिहरू’ विषयमा प्रस्ततिकरण गर्नुभएको थियो ।


वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४७

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:२०

काठमाडौँ  । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:१२

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने...

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:४६

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि...

तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:३४

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...