back

रगत अभाव भएपछि जेठ १ गते आकस्मिक रक्तदान कार्यक्रम

काठमाडौं । रगतको चरम अभाव भएका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण रगतको अभाव हुन थालेपछि जेठ १ गते, शनिबार काठमाडौंको रातोपुल नजिकै आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।
रातोपुलस्थित नेशनल बाथ रोग सेन्टरमा हुन लागको रक्तदानमा कोभिड–१९ विरुद्ध पूर्ण सावधानी अपनाइने र प्रहरीसंगै सहकार्य गरिने अटो नेपाल मासिकका सञ्चालक भुषण श्रेष्ठले जानकारी दिए । उक्त दिन रक्तदातालाई रक्तदान गर्ने स्थानसम्म आउन र जानको समेत व्यवस्था गरिने उनले बताए । उक्त रक्तदान लाइन्स क्लब अफ काठमाण्डौ सोसियल फ्रेन्ड्स, अटो नेपाल मासिक र सहयोगी महिला जागरण मञ्चको संयुक्त आयोजनामा हुन लागिरहेको छ । नेपाल रेडक्रस सोसाइटी फोन गरेर सामान्य गर्भवती महिला र अपरेसन हुनै पर्ने बिरामीलाई पनि रगत अभावले अपरेसन रोकिने गरेकाले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए ।

लाइन्स क्लब अफ काठमाण्डौ सोसियल फ्रेण्डस्का अध्यक्ष भुषण कुमार श्रेष्ठले भने, “यस्तै अवस्थामा हामीले सहयोग गर्ने हो र सम्भव भएसम्म हरेक दुईदुई हप्तामा रगत संकलन गरेर रेडक्रसलाई बुझाउने छौ । यस्तो अवस्थामा हामी बाहिर निस्कँदैनौँ, तर अत्यन्त आकस्मिक पर्यो भने जीवन रक्षाका निमित्त जस्तो पनि सहयोग गर्न तयार छौ ।” २०७८ वैशाख २८ गते प्रकाशित ।

nactional life
Corporatebazar 11 Anniversary

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...