back

रगत अभाव भएपछि जेठ १ गते आकस्मिक रक्तदान कार्यक्रम

काठमाडौं । रगतको चरम अभाव भएका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण रगतको अभाव हुन थालेपछि जेठ १ गते, शनिबार काठमाडौंको रातोपुल नजिकै आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।
रातोपुलस्थित नेशनल बाथ रोग सेन्टरमा हुन लागको रक्तदानमा कोभिड–१९ विरुद्ध पूर्ण सावधानी अपनाइने र प्रहरीसंगै सहकार्य गरिने अटो नेपाल मासिकका सञ्चालक भुषण श्रेष्ठले जानकारी दिए । उक्त दिन रक्तदातालाई रक्तदान गर्ने स्थानसम्म आउन र जानको समेत व्यवस्था गरिने उनले बताए । उक्त रक्तदान लाइन्स क्लब अफ काठमाण्डौ सोसियल फ्रेन्ड्स, अटो नेपाल मासिक र सहयोगी महिला जागरण मञ्चको संयुक्त आयोजनामा हुन लागिरहेको छ । नेपाल रेडक्रस सोसाइटी फोन गरेर सामान्य गर्भवती महिला र अपरेसन हुनै पर्ने बिरामीलाई पनि रगत अभावले अपरेसन रोकिने गरेकाले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए ।

लाइन्स क्लब अफ काठमाण्डौ सोसियल फ्रेण्डस्का अध्यक्ष भुषण कुमार श्रेष्ठले भने, “यस्तै अवस्थामा हामीले सहयोग गर्ने हो र सम्भव भएसम्म हरेक दुईदुई हप्तामा रगत संकलन गरेर रेडक्रसलाई बुझाउने छौ । यस्तो अवस्थामा हामी बाहिर निस्कँदैनौँ, तर अत्यन्त आकस्मिक पर्यो भने जीवन रक्षाका निमित्त जस्तो पनि सहयोग गर्न तयार छौ ।” २०७८ वैशाख २८ गते प्रकाशित ।


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

वि.सं.२०८२ जेठ १९ सोमवार १४:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय...