back
skip this Samagra

समयमा परिवर्तन : काठमाडौंका रेष्टुरेण्टहरू अब रातको १२ बजेसम्म खोल्न पाइने

काठमाडौं । काठमाडौं जिल्लामा सञ्चालित रेष्टुरेण्टहरू अब रातको १२ बजेसम्म खोल्न पाइने भएको छ ।

यसअघि रातको १० बजेसम्म मात्रै खोल्न पाइने रेष्टुरेण्टको समय बढाएर अब १२ बजेसम्म बनाइएको हो ।

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले रेष्टुरेण्ट, बार तथा दोहोरी क्लब र नाइट क्लब खुला गर्ने समयमा परिवर्तन गरेको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेलका अनुसार मदिरा पसल, रेष्टुरेण्ट, बार तथा दोहोरी साँझ र नाइट क्लब खुला हुने समयमा परिवर्तन गरिएको छ ।

ढुङ्गेलका अनुसार अब मदिरा पसलहरू राती १० बजेसम्म खुला गर्न पाइने छ । बोतलबन्दी वा बिर्कोसहित बिक्री हुने मदिरा पसलहरू रातको १० बजेसम्म मात्रै खुला गर्न पाइने छ ।

त्यसैगरी रेष्टुरेण्टहरू रातको १२ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यसअघि राती १० बजेसम्म मात्रै खुला गर्न पाउने रेष्टुरेण्टलाई १२ बजेसम्म खुला गर्न पाउने बनाइएको हो ।

रेष्टुरेण्ट व्यवसायीबाट व्यापक गुनासो आएपछि रातको १२ बजेसम्म खुला गर्ने निर्णय भएको सहायक प्रजिअ ढुङ्गेलले बताइन् ।

त्यसैगरी डान्स बार, दोहोरी रेष्टुरेण्ट, लाउन्ज, पब र बारहरु बिहानको २ बजेसम्म खुला गर्न दिने निर्णय भएको छ ।

डिजेसहितको नाइट क्लब भने बिहानको ४ बजेसम्म खुला राख्न पाउने भएको छ ।

यसअघि रातीकालीन व्यवसाय भनेर सबैलाई बिहानको २ बजेसम्म मात्रै खुला राख्न पाउने निर्णय भएको थियो ।

यद्यपि नाइट क्लबले भने बिहानको ६ बजेसम्म पनि क्लब सञ्चालन गर्ने गरेका थिए ।

 


१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:४८

काठमाडौं ।  पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:०८

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:०१

काठमाडौं । नेपालको चर्चित वाइवाई  चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी...

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

वि.सं.२०८१ वैशाख ३ सोमवार १४:२५

काठमाडौँ । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु भएको...

बेको ब्राण्डका घरायसी उपकरण खरिदमा ४१ हजार रुपैयाँ क्यास ब्याक र विभिन्न उपहारहरु पाइने

बेको ब्राण्डका घरायसी उपकरण खरिदमा ४१ हजार रुपैयाँ क्यास ब्याक र विभिन्न उपहारहरु पाइने

वि.सं.२०८० चैत २८ बुधवार ०९:३०

काठमाडौं । युरोपकै शीर्ष ३ नम्बरमा रहेको घरायसी उपकरण ब्राण्ड...

एलजीको नयाँ वर्षे योजनामा ४० प्रतिशतसम्म क्यास ब्याकसँगै उपहारको अवसर

एलजीको नयाँ वर्षे योजनामा ४० प्रतिशतसम्म क्यास ब्याकसँगै उपहारको अवसर

वि.सं.२०८० चैत २२ बिहीवार १२:३७

काठमाडौं । एलजीले नयाँ वर्ष २०८१ साललाई लक्षित गरी विभिन्न...