back
nactional

समयमा परिवर्तन : काठमाडौंका रेष्टुरेण्टहरू अब रातको १२ बजेसम्म खोल्न पाइने

काठमाडौं । काठमाडौं जिल्लामा सञ्चालित रेष्टुरेण्टहरू अब रातको १२ बजेसम्म खोल्न पाइने भएको छ ।

यसअघि रातको १० बजेसम्म मात्रै खोल्न पाइने रेष्टुरेण्टको समय बढाएर अब १२ बजेसम्म बनाइएको हो ।

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले रेष्टुरेण्ट, बार तथा दोहोरी क्लब र नाइट क्लब खुला गर्ने समयमा परिवर्तन गरेको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेलका अनुसार मदिरा पसल, रेष्टुरेण्ट, बार तथा दोहोरी साँझ र नाइट क्लब खुला हुने समयमा परिवर्तन गरिएको छ ।

ढुङ्गेलका अनुसार अब मदिरा पसलहरू राती १० बजेसम्म खुला गर्न पाइने छ । बोतलबन्दी वा बिर्कोसहित बिक्री हुने मदिरा पसलहरू रातको १० बजेसम्म मात्रै खुला गर्न पाइने छ ।

त्यसैगरी रेष्टुरेण्टहरू रातको १२ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यसअघि राती १० बजेसम्म मात्रै खुला गर्न पाउने रेष्टुरेण्टलाई १२ बजेसम्म खुला गर्न पाउने बनाइएको हो ।

रेष्टुरेण्ट व्यवसायीबाट व्यापक गुनासो आएपछि रातको १२ बजेसम्म खुला गर्ने निर्णय भएको सहायक प्रजिअ ढुङ्गेलले बताइन् ।

त्यसैगरी डान्स बार, दोहोरी रेष्टुरेण्ट, लाउन्ज, पब र बारहरु बिहानको २ बजेसम्म खुला गर्न दिने निर्णय भएको छ ।

डिजेसहितको नाइट क्लब भने बिहानको ४ बजेसम्म खुला राख्न पाउने भएको छ ।

यसअघि रातीकालीन व्यवसाय भनेर सबैलाई बिहानको २ बजेसम्म मात्रै खुला राख्न पाउने निर्णय भएको थियो ।

यद्यपि नाइट क्लबले भने बिहानको ६ बजेसम्म पनि क्लब सञ्चालन गर्ने गरेका थिए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२९

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

वि.सं.२०८३ भदौ ३ बुधवार १६:२१

काठमाडौं। एनसेलले १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स...

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०१

काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:३७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...