back
skip this Samagra

ओलीलाई बालेन शाहाको काउन्टर जवाफ ‘सुकुम्बासी तपाईंको लागि भोट बैंक मात्रै रहे, सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन’

काठमाडौं । सुकुम्बासीबारे नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको प्रतिक्रियाबारे काठमाडौं महानगरपालिकाका मेयर बोलन्द्र शाहाले जवाफ फर्काएका छन ।

उनले मंगलबार समाजिक सञ्जालबाट ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका हुन । मंगलबार ओलीले सुकुम्बासीलाई बल प्रयोग गर्नु गलत रहेको बताएका थिए ।

सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै बालेनले २०४७ साल यता १४ वटा भूमि आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको बताएका छन ।

बालेनले लेखेका छन् ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे’

बालेनले सकुम्बासीहरुलाई ओलीले गुठी आन्दोलन जस्ता आफ्ना स्वार्थ विपरितका कुराहरूमा प्रयोग गरेको आरोप समेत लगाएका छन् । बालेनले परिस्थिति फेरिएको बताउँदै सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न सुझाव दिएका छन् ।

चुप लागेर खोलाको किरानामा बसेको जनतालाई ठीक लगाएर कुन बहादुरी पाइन्छ भन्दै प्रश्न गरेका थिए ।

 


राहदानी बनाउन पोर्चुगलबाट मात्र ६ सय ६९ को आवेदन

राहदानी बनाउन पोर्चुगलबाट मात्र ६ सय ६९ को आवेदन

वि.सं.२०८० चैत २२ बिहीवार ०९:१५

काठमाडौं । पोचुगलमा सञ्चालित राहदानी सेवा शिविरबाट ६ सय भन्दा...

सवाल जवाफ:  सरकारले स्वदेशी निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको छ सिंचाईमन्त्री बस्नेत

सवाल जवाफ: सरकारले स्वदेशी निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको छ सिंचाईमन्त्री बस्नेत

वि.सं.२०८० चैत २० मंगलवार १५:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी...

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० चैत १९ सोमवार ०९:३७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र...

दुर्गा प्रसाईंले विभिन्न बैंकको ५ अर्बभन्दा बढी ऋण तिर्न बाँकी, भन्छन् पैसा कमाएर बैंकको सबै ऋण तिर्छु

दुर्गा प्रसाईंले विभिन्न बैंकको ५ अर्बभन्दा बढी ऋण तिर्न बाँकी, भन्छन् पैसा कमाएर बैंकको सबै ऋण तिर्छु

वि.सं.२०८० चैत १८ आइतवार १४:५९

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफूले बैंकको...

सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणको लाइन काट्ने चेतावनी

सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणको लाइन काट्ने चेतावनी

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०३

काठमाडौं । सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई नेपाल विद्युत...

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

वि.सं.२०८० चैत १५ बिहीवार ११:१०

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन...