back

डोनल्ड ट्रम्प: अमेरिकी पूर्वराष्ट्रपतिको घरमा एफबीआईको छापा, किन मारियो छापा?

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडास्थित आफ्नो घरमा सङ्घीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको बताएका छन्।

एक वक्तव्य जारी गर्दै ट्रम्पले पाम बिचस्थित मार-ए-लागो रिसोर्टमा रहेको घर “एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको” उल्लेख गरेका छन्।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले आधिकारिक कागजपत्रहरूको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको उल्लेख गरेको छ।गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाको विषयमा पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ।

ट्रम्पको प्रतिक्रिया
सोमवार छापा मारिएको समयमा ट्रम्प न्यूयोर्कस्थित ट्रम्प टावरमा रहेको सीएनएनले उल्लेख गरेको छ।

“यो हाम्रो देशको लागि कालो समय हो,” ट्रम्पले विज्ञप्तिको सुरुमा भनेका छन्।

आफूले सबै सरकारी निकायसँग समन्वय गरेको दाबी गर्दै उनले “बिना पूर्वजानकारी गरिएको छापा अनावश्यक र अनुचित भएको” उल्लेख गरेका छन्।

ट्रम्पले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्नबाट आफूलाई रोक्न “न्याय प्रणालीलाई हतियारको रूपमा प्रयोग गरिएको” आरोप लगाएका छन्।

“यस्तो आक्रमण तेस्रो विश्वका देशमा मात्र हुन्छ,” ट्रम्पले भनेका छन्।

“दु:खको कुरा अमेरिका पनि यस्तै देश भएको छ र यसअघि कहिल्यै नदेखिएको स्तरमा भ्रष्ट भएको छ।”

“उनीहरूले मेरो सेफ पनि फुटाए।”

सीबीएस न्यूजले राष्ट्रिय अभिलेखालयको विवरणसँग सम्बन्धित अनुसन्धानमा ट्रम्पको घरमा छापा मारिएको पुष्टि गरेको छ।

ट्रम्पका वरिष्ठ सल्लाहकारले ट्रम्प निवासमा मारिएको छापा राष्ट्रपतीय अभिलेखसँग सम्बन्धित रहेको सीबीएससँग बताएका छन्।

स्रोतहरूले छापा मार्ने क्रममा एसबीआईले थोरै मात्र जानकारीहरू प्राप्त गरेको दाबी गरेका छन्।

किन मारियो छापा?
अमेरिकी राष्ट्रपतिहरूको अभिलेख व्यवस्थापन गर्ने राष्ट्रिय अभिलेखालयले गत फेब्रुअरीमा न्याय मन्त्रालयलाई सरकारी कागजपत्रको व्यवस्थापनको विषयमा ट्रम्पमाथि छानबिन गर्न निर्देशन दिएको थियो।

अमेरिकी राष्ट्रपतिले सबै चिठीपत्र, कामकाजसँग सम्बन्धित कागजपत्र र इमेलसमेत राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्नुपर्ने कानुनी व्यवस्था छ।

तर अधिकारीहरूले पूर्वराष्ट्रपति ट्रम्पले गैरकानुनी रूपमा धेरै कागजपत्र लिएर गएको आरोप लगाएका छन्।

तर ट्रम्पले यस्तो आरोपको खण्डन गर्दै यसलाई मिथ्या समाचार भनेका छन्।

ह्वाइट हाउसका एक जना वरिष्ठ अधिकारीले ट्रम्पको घरमा छापा मार्ने योजनाबारे राष्ट्रपति कार्यालयलाई पनि जानकारी नदिइएको बताएका छन्।

ह्वाइट हाउसका अधिकारीहरूले पनि “सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट” मात्र छापाबारे थाहा पाएको ती अधिकारीले दाबी गरे।

जो बाइडनको कार्यालयले न्याय सम्पादन राजनीतिक दबावमुक्त राख्न न्याय मन्त्रालयका उच्च अधिकारीहरूसँगको संवाद नियन्त्रित गरिएको जनाएको छ।

ट्रम्पले राष्ट्रपतीय निर्वाचनका दौरान आफ्नो कामकाजमाथि प्रश्न नउठ्ने गरी काम गर्ने वाचा गरेका थिए।

बाइडनका छोरा पनि छानबिनमा
सङ्घीय अभियोजनकर्ताहरूले कर छली लगायतका आरोपमा वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडनको छोरा हन्टर बाइडन संलग्न भए वा नभएको अनुसन्धान गरिरहेका छन्।

ट्रम्पमाथि भने बाइडन राष्ट्रपतिमा निर्वाचित भएपछि उनका समर्थकहरूले अमेरिकी संसद् भवनमा गरेको तोडफोड र हिंसाबारे अनुसन्धान भइरहेको छ।

अमेरिकी सांसदले गठन गरेको समितिका सदस्यहरूले ट्रम्पमाथि अभियोजन गर्न सकिने धारणा राखेका थिए।

अमेरिकी न्याय मन्त्रालयले सन् २०२० को राष्ट्रपतीय निर्वाचनको परिणाममाथि चुनौती दिएको विषयमा ट्रम्पमाथि छानबिन भइरहेको जनाएको छ।

 

nactional life
Corporatebazar 11 Anniversary

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

वि.सं.२०८३ वैशाख २० आइतवार ११:१८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ मध्ये...

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...