back

जुन दलबाट निर्वाचित भएपनि म एक्लै हिँड्छु भन्ने मनोविज्ञान त्याग्नुस् : मन्त्री चौधरी

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले एक्लै हिँड्छु भन्ने नसोच्न नव नियुक्त मेयर उपमेयरहरुलाई सचेत गराएका छन् ।

नगर विकास कोषको २०३ औँ बैठकमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री चौधरीले भने–खासगरि २०७० पछिको मनोविज्ञान सहकार्यको छ । विकासका काममा काङ्ग्रेस र कम्युनिष्ट नभनी काम गर्नु पर्ने अवस्था छ । तपाईँहरु जुन दलबाट निर्वाचित भएपनि म एक्लै हिँड्छु भन्ने लाग्या छ भने त्यो मनोविज्ञान त्याग्नुस् ।

नेपाल सरकार मन्त्री परिषदको २०७९ असार ३१ को निर्णय अनुसार नगर विकास ऐन ५३ बमोजिम संचालक समितिको सदस्यमा नियुक्त भएका सात प्रदेशका मेयर उपमेयर गरि सातै जनाको स्वागत तथा सपथ ग्रहण कार्यक्रममा मन्त्री चौधरीले दिर्नेशन दिँदै भने–एक्सन प्लान बनाएर काम गर्नुस् ।

प्रदेशकै प्रतिनिधित्व हुने गरि नगर विकासका योजनाहरु बनाउनुस् । विज्ञहरुको सल्लाहमा काम गर्नुस् ।बहुपार्टी संस्कारलाई अँगाल्नुपर्ने बताएका मन्त्री चौधरीले सबैलाई मिलाउँदा मात्र नेता बन्न सकिने धारणा समेत राखेका थिए ।

कोषका अध्यक्ष एवं सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहको अध्यक्षतामा संचालित कार्यक्रममा प्रदेश १ बाट सूर्याेदय गरपालिका प्रमुख रनबहादुर राई, मधेष प्रदेशबाट बोधिमाई नगरपालिकाप्रमुख प्रदिप कुमार यादव, बागमती प्रदेशको हेटौडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिकाबाट मेयर धनराज आचार्य, लुम्बिनी प्रदेशबाट लमही नगरपालिका प्रमुख जोगराज चौधरी, कर्णाली प्रदेशबाट आठविसकोट नगरपालिका उपप्रमुख धनकुमारी शाही र सुदूरपश्चिम प्रदेश अन्तर्गत लम्कीचुहा नगरपालिकाका प्रमुख सुशिला शाही र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संचालक समितिमा आउनुभएका सहसचिव प्रभुराम विष्टलाई कोषका अध्यक्ष सिंहले स्वागत एवं सपथ गराएका थिए ।

कार्यक्रममा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषको कार्यक्षेत्र, संचालन गरेका विकासका योजनाहरु, ऐन, नियम र समस्याबारे जानकारी गराएका थिए । कार्यक्रममा मन्त्रीका सचिवालय प्रमुख भूमाण्डप केसी र मन्त्रालयका अन्य कर्मचारीसमेतको उपस्थिति थियो ।

नगर विकास कोषमा १६ जनाको संचालक समिति रहने व्यवस्था रहेको छ ।


वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४७

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:२०

काठमाडौँ  । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:१२

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने...

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:४६

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि...

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:२३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हस्तकला व्यवसायले...