back

जुन दलबाट निर्वाचित भएपनि म एक्लै हिँड्छु भन्ने मनोविज्ञान त्याग्नुस् : मन्त्री चौधरी

nactional life

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले एक्लै हिँड्छु भन्ने नसोच्न नव नियुक्त मेयर उपमेयरहरुलाई सचेत गराएका छन् ।

नगर विकास कोषको २०३ औँ बैठकमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री चौधरीले भने–खासगरि २०७० पछिको मनोविज्ञान सहकार्यको छ । विकासका काममा काङ्ग्रेस र कम्युनिष्ट नभनी काम गर्नु पर्ने अवस्था छ । तपाईँहरु जुन दलबाट निर्वाचित भएपनि म एक्लै हिँड्छु भन्ने लाग्या छ भने त्यो मनोविज्ञान त्याग्नुस् ।

नेपाल सरकार मन्त्री परिषदको २०७९ असार ३१ को निर्णय अनुसार नगर विकास ऐन ५३ बमोजिम संचालक समितिको सदस्यमा नियुक्त भएका सात प्रदेशका मेयर उपमेयर गरि सातै जनाको स्वागत तथा सपथ ग्रहण कार्यक्रममा मन्त्री चौधरीले दिर्नेशन दिँदै भने–एक्सन प्लान बनाएर काम गर्नुस् ।

प्रदेशकै प्रतिनिधित्व हुने गरि नगर विकासका योजनाहरु बनाउनुस् । विज्ञहरुको सल्लाहमा काम गर्नुस् ।बहुपार्टी संस्कारलाई अँगाल्नुपर्ने बताएका मन्त्री चौधरीले सबैलाई मिलाउँदा मात्र नेता बन्न सकिने धारणा समेत राखेका थिए ।

कोषका अध्यक्ष एवं सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहको अध्यक्षतामा संचालित कार्यक्रममा प्रदेश १ बाट सूर्याेदय गरपालिका प्रमुख रनबहादुर राई, मधेष प्रदेशबाट बोधिमाई नगरपालिकाप्रमुख प्रदिप कुमार यादव, बागमती प्रदेशको हेटौडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिकाबाट मेयर धनराज आचार्य, लुम्बिनी प्रदेशबाट लमही नगरपालिका प्रमुख जोगराज चौधरी, कर्णाली प्रदेशबाट आठविसकोट नगरपालिका उपप्रमुख धनकुमारी शाही र सुदूरपश्चिम प्रदेश अन्तर्गत लम्कीचुहा नगरपालिकाका प्रमुख सुशिला शाही र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संचालक समितिमा आउनुभएका सहसचिव प्रभुराम विष्टलाई कोषका अध्यक्ष सिंहले स्वागत एवं सपथ गराएका थिए ।

कार्यक्रममा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषको कार्यक्षेत्र, संचालन गरेका विकासका योजनाहरु, ऐन, नियम र समस्याबारे जानकारी गराएका थिए । कार्यक्रममा मन्त्रीका सचिवालय प्रमुख भूमाण्डप केसी र मन्त्रालयका अन्य कर्मचारीसमेतको उपस्थिति थियो ।

नगर विकास कोषमा १६ जनाको संचालक समिति रहने व्यवस्था रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

वि.सं.२०८३ असार २ मंगलवार १२:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज...

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

वि.सं.२०८३ असार २ मंगलवार १२:१२

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा...

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...