back

पठाओ कवच अभियान सञ्चालनमा : सुरक्षित यात्राको भरपर्दो सहयात्री

nactional life

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत पठाओ एप मार्फत गरिएने सेवामा विभिन्न ५ वटा सुविधाहरू सेवाग्राही र राइडर, क्याप्टेन र फुडम्यानले पाउने व्यवस्था गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।

‘पठाओ कवच’ अन्तर्गत हरेक यात्रा बीमाद्वारा सुरक्षित हुने, प्रशिक्षित र प्रमाणित राइडरहरू रहेको, २४ सै घण्टा कल–सेन्टर र कस्टमर सपोर्ट सेवा, एप भित्रै आपतकालिन प्रहरी सम्पर्कको बिकल्प रहेको र हरेक राइड सिस्टममा ट्रयाक हुनुकासाथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गर्ने सुविधा रहेका छन् ।

उक्त अभियान अनुसार, हरेक यात्रामा १ लाख सम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुबिधा उपलब्ध छ । जुन नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बिमा हो ।

पठाओमा कागजात प्रमाणिकरण र तालीम पश्चात् मात्रै राइडर्हरुले सेवा प्रदान गर्ने भएकोले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो रहेको बताइएको छ ।

पठाओको सेवा उपभोग गर्दा कुनै समस्या परे २४ सौ घण्टा कल–सेन्टरमा सम्पर्क गरि गुनासो तथा उजुरी गर्न सकिन्छ । २४ सै घण्टा कल सेन्टरबाट पठाओको सेवाका बारेमा आवस्यक जानकारी समेत लिन सकिने प्रवक्ता हमालले बताइन् ।

यस्तै, पठाओ प्रयोग गर्दा आपतकालिन अवस्था आएमा पठाओ एप भित्रै प्रहरीमा सम्पर्क गर्न सकिने विकल्प पनि रहेको छ ।

पठाओको हरेक राइड सिस्टममा ट्रयाक हुन्छ । जसका कारण कुन राइड कता गइरहेको छ सो को सम्पुर्ण बिवरण एपमा लाइभ जानकारी उपलब्ध हुन्छ । साथै राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक संजालमा सेयर गरेर आफू पुगिरहेको गन्तब्यको बारेमा प्रत्यक्ष (लाइभ) जानकारी गराउन सकिन्छ ।

‘सुरक्षित यात्राको भरपर्दो सहयात्री’ नारा सहित ल्याइएको उक्त अभियान पठाओका अग्रभागमा रहेर सेवा प्रदान गर्ने राइडर, फुडम्यान, क्याप्टेन र सम्पुर्ण सेवाग्राहीको हितका लागि सूचारु गरिएको बताइएको छ ।

अफलाइन राइड लिएको खण्डमा सेवाग्राहीहरूले कुनै पनि सुबिधा प्राप्त नगर्ने र सो यात्रा सुरक्षीत र सुनिश्चित नहुने हमालको भनाइ छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १ सोमवार १२:४३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल...

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...