काठमाडौंको मेयर बने बालेन शाह, उपमेयर सुनिता डंगोल: हेर्नुहोस् बालेनको धन्यवाद र्याली (फोटो फिचर)
बालेन शाह भन्छन– काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु
वि.सं.२०७९ जेठ १३ शुक्रवार
काठमाडौं महानगरपालिकाको नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्।
निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्।
लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्।

त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन्।एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।
बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्।
सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मत मात्र धेरै ल्याएकी छन्।
आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्। राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७७० मत पाएका छन् भने विवेकशील साझाकी समीक्षा बास्कोटाले ६४७ मत पाएकी छन्।
त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्।
उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाए। उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ (महर्जन) ले १३ हजार ६९५ मत पाएकी छन् भने राप्रपाकी बिनिता मगैयाले १२ हजार १४१ मत पाएकी छन्। त्यस्तै लौरो चिह्न लिएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वेन्जी सिंह महर्जनले ६ हजार ५५५ मत पाएका छन्।
बालेन शाह भन्छन– काठमाडौंलाई विश्वकै नमुना सहर बनाउँछु।
काठमाडौं महानगरपालिकामा बिजय भए पछि बालेन शाहले राष्ट्रिय सभा देखी तीनकुनेसम्मको क्षेत्रफलमा बिजयी रयाली सुरु गरेका छन ।

राष्ट्रियसभावाट सुरु भएको बिजय रयालीमा उनका समर्थकहरुले सहभागीता जनाएका छन । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई पराजित गर्दै बालेन मुलुकको राजधानीमा बिजयी हासिल गरेका हुन ।
बिजय जुलुस अघिको प्रारम्भिक प्रतिक्रियामा मेयर शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट र नमुना सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन । बिजय रयाली जारी छ । तीनकुनेमा पुगेर धन्यवाद ज्ञापन गरेर समापन हुने आयोजकले जनाएका छन ।
प्रकाशित समय : ११:४१ बजे





















