बालेन साहको मत २८ हजार नाघ्यो हेर्नुहोस्, प्रतिस्पर्धिको कति ?
वि.सं.२०७९ जेठ ६ शुक्रवार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत २८ हजार नाघेको छ ।
७३ हजार ५ सय मत गणना हुँदा साहको लौरो चुनाव चिन्हमा २८ हजार २० मत आएको छ ।
नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितलाई १४ हजार ५४८ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई १३ हजार ९९० मत प्राप्त भएको छ ।
प्रकाशित समय : १४:१० बजे



















