back
himalayan life

मंगल ग्रहमा देखियो ढोका : के अन्य ग्रहका मानिसहरू साँच्चै त्यहाँ बस्छन् ?(फोटोफिचर)

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीको छिमेकी ग्रह मंगल ग्रहमा पठाएको ‘क्युरियोसिटी’ रोभरले त्यहाँबाट चकित पार्ने तस्बिर पठाएको छ ।

यो तस्बिरमा मंगल ग्रहको कडा चट्टानमा निकै राम्रोसँग काटिएको गुफाको मुख देखिन्छ । ढोका जस्तो आकारको यो आकारलाई लिएर पछिल्ला केही दिनदेखि धेरै प्रश्न उठिरहेका छन् ।

Life discovered on Mars may have been taken there by NASA | TweakTown
कतिपयले यसलाई ‘ढोका’ आकारको रूपमा व्याख्या गरेका छन् भने धेरैले यो ‘मार्ग’ पृथ्वीबाहेक अन्य सभ्यताका मानिसले बनाएको हुनुपर्छ भन्ने धारणा व्यक्त गरिरहेका छन् ।

तर सन् २०१२ देखि मंगल ग्रहको जानकारी पठाउँदै आएको रोभरले खिचेको यो तस्बिरको राम्रो व्याख्या पेश गर्नुपर्ने आवश्यकता महसुस भएको छ । नासाले यो सबै मानिसहरुको दृष्टिकोण मात्रै भएको बताएको छ ।

कसरी बन्यो होला यो आकृति ?

नासाले ७ मेमा क्युरियोसिटी रोभरले खिचेको मंगल ग्रहको सतहको यो तस्बिर सार्वजनिक गरेको हो । नासाले यो तस्बिर ‘सोल ३४६६’ सिरिजको एक एपिसोडको रूपमा पहिचान गरेको छ । यसलाई ‘मार्स एक्सप्लोरेसन प्रोग्राम’ को वेबसाइटमा धेरै फ्रेममा सार्वजनिक गरिएको छ ।

Life discovered on Mars may have been taken there by NASA | TweakTownLife on Mars? Depends how you see these photos | CNN Business

यो सार्वजनिक भएपछि, इन्टरनेटमा मानिसहरूले यसको आकार र यसको ‘ढोका’ वा ‘मार्ग’ बारे विभिन्न सिद्धान्तहरू प्रस्तुत गर्न थालेका छन् ।

तर यो तस्बिर विशेष श्रृखंला को एउटा भाग मात्र हो । र जब यसलाई पूर्णतामा हेरिन्छ, यसको आकार प्रति दृष्टिकोण अलि परिवर्तन हुन्छ ।

नासाले बीबीसी मुन्डोलाई भन्यो, ‘यो कुनै चट्टानमा भएको सानो दरारको धेरै, धेरै, धेरै ठूलो सट हो ।’

यो आकृतिको पूर्णता बुझ्न, यसको तल दिइएको तस्बिर हेर्न सक्नुहुन्छ । यसमा देखिए अनुसार जेजेरो क्रेटरको चट्टानमा यो दरार एकदम सानो छ । स्मरण रहोस्, यो क्रेटर केहि हप्ता अघि क्युरियोसिटी रोभरले पत्ता लगाएको हो ।

नासाको जेट प्रोपल्सन ल्याबोरेटरी (जेपीएल) का वैज्ञानिकहरूले यो दरारको आकार निकै सानो अर्थात ४५ सेन्टिमिटर लामो र ३० सेन्टिमिटर चौडाइ भएको बताएका छन् ।

उत्सुकता पैदा गर्ने फ्र्याक्चरः

यो फ्र्याक्चरले पछिल्ला केही दिनमा धेरै विशेषज्ञहरूको ध्यान आकर्षित गरेको छ ।

बेलायतका भूगर्भशास्त्री नील हजसनले मंगल ग्रहको भू–आकृतिहरुको धेरै अध्ययन गरेका छन् । उनी भन्छन्, ‘तस्बिर ‘जिज्ञासु’ छ तर रहस्यमय छैन ।’

उनले लाइभ साइन्स नामक वेबसाइटलाई भने, ‘छोटकरीमा भन्ने हो भने यो मलाई प्राकृतिक क्षरण भएको जस्तो लाग्छ । यस चित्रमा देखिने चट्टानको बनावटमा सिल्ट र बालुवाका धेरै तहहरू छन् ।’

हजसनले भने, ‘यो चट्टान बन्ने स्थितिमा लगभग ४०० करोड वर्ष अघि यी त्रि जम्मा हुँदै गयो । यो तह सम्भवतः नदीमा ढिस्कोको रूपमा वा हावाको झोंक्काले जम्मा भएको थियो ।’

सतह भाच्चिँदा स्वभाविक रूपमा त्यस्ता दरारहरू सिर्जना हुन सक्छ । तर यस प्रकारको क्षरण तब हुन्छ जब माथिदेखि तलसम्म फ्र्याक्चर हुन्छ र चट्टानको तहहरू काटिन्छन् ।

Crab-like 'alien facehugger' in a cave is spotted on Mars by conspiracy theorists | Daily Mail OnlineMars' 'animals' revealed by conspiracy theorists | Daily Mail Online

यो समाचार अन्तराष्ट्रिय मिडियाहरुको सहयोगमा तयार पारिएको हो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...