back

जापानमा विद्यार्थी खेलाडीलाई ह्यान्ड स्यानिटाइजर पिउँन दिएपछि…

टोकियो। जापानी अधिकारीहरूले उच्च माध्यामिक विद्यालयका खेलाडीहरूलाई दौडको क्रममा ह्यान्ड सेनिटाइजर पिउँन दिएको र एक विद्यार्थी स्यानिटाइजर पिएपछि बिरामी परेको विषयमा अनुसन्धान गर्ने बताएका छन् ।

मध्य जापानको यामानाशी प्रिफेक्चर (जिल्ला जस्तै)मा गत सप्ताहन्तमा आयोजित छात्राहरूको ५ मिटर दौड प्रतियोगितामा आयोजकहरूले भूलवश कपमा खन्याएको सेनिटाइजर धावकहरूको लागि पेय स्टेसनमा राखेका थिए ।

सेनिटाइजरलाई लेबल नगरिएको प्लास्टिकको बोटलमा पिउँने पानी भएको कार्डबोर्ड बक्समा राखिएको यामानशीको हाईस्कूल खेलकुद महासंघले जनाएको छ । मदिरा मिश्रण गरिएको ह्यान्ड स्यानिटाइजर सामान्यतया कोभिड–१९ बाट बचाउन प्रयोग गरिन्छ । महामारी सुरु भएदेखि नै जापान र अन्य देशहरूमा यसको प्रयोग भएको छ ।

सेनिटाइजर पिएपछि एक खेलाडी ढलेर वान्ता गरेका थिए । अन्य दुई जनाले निरन्तर वाकवाक गरेका थिए । घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । उनीहरूको स्वास्थ्यमा सुधार आइरहेको प्राप्त विवरणहरूमा जनाइएको छ । सो घटनाबारे तेस्रो पक्षले अनुसन्धान गर्ने यामानाशीका गभर्नर कोतारो नागासाकीले बताए ।

यसअघि भारतमा काेभिडबाट बच्न भन्दै एक व्यक्तिले सेनिटाइजर पिउँदा गम्भीर घाइते भएका थिए ।

nactional life
Corporatebazar 11 Anniversary

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

वि.सं.२०८३ वैशाख २० आइतवार २३:००

काठमाडौं । सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने नेपाली भू-भाग कालापानी, लिपुलेक...

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने...

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५०

काठमाडौं । सरकारले बागमती नदी र यसका सहायक नदी किनारका...

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

वि.सं.२०८३ वैशाख २० आइतवार ११:१८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ मध्ये...

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...