back

यस कारण विप्लवले पार्टीबाट बर्खास्त गरे धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओलीलाई

काठमाडौ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेताहरू हेमन्तप्रकाश ओली (सुदर्शन) र धर्मेन्द्र बाँस्तोला (कञ्चन)लाई बर्खास्त गरेको छ। बुधबार पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै दुबैलाई पार्टीको जिम्मेवारीबाट पदमुक्त गरेको बताएका छन्।

सचिवालय सदस्यसमेत रहेका उनीहरूले बैठकका निर्णय र नेतृत्वविरूद्ध काम गरेको आरोप छ। ‘बैठकका निर्णय र नेतृत्वकाविरूद्ध पार्टी बाहिरका सञ्चारमाध्यमहरूमा छाडा एवं अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ नांगो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गर्नुभयो,’ विज्ञप्तिमा उल्लेख छ।

दुई पटक बैठक बसेर पार्टीले पारित गरेका निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने निर्णय गरिए पनि बाहिर उनीहरूले फुटपरस्त र अराजक अन्तवार्ता दिएको आरोप छ।

विप्लव नेतृत्वको नेकपामा स्थानीय चुनावमा सहभागी हुने/नहुनेबारे विवाद थियो। चैत पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकले यसबारे निर्णय गर्न सकेको थिएन। विप्लवसहित केही नेताहरू चुनावमा सहभागी हुनुपर्छ भन्नेमा थिए भने धर्मेन्द्र र हेमन्तप्रकाशलगायत नेताले चुनावमा भाग लिन नहुने धारणा राखेका थिए।

पार्टीले औपचारिक निर्णय गर्न नसकेपछि विप्लवका नेता/ कार्यकर्ताले रोल्पा, दाङ लगायत जिल्लामा स्थानीय चुनावका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। सचिवालय सदस्य धर्मेन्द्रले त्यसरी उम्मेदवारी दिएकाहरूलाई कारबाही गर्ने भन्दै विज्ञप्ति निकालेका थिए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...