back
himalayan life

अमेरिकाका ५ जनप्रतिनिधि नेपाल आउँदैः के छन् एजेण्डा,किन आउदै छन्?

काठमाडौ। अमेरिकी कांग्रेसका ५ सदस्यले नेपालको भ्रमण गर्ने भएका छन् । अमेरिकाको राजधानी वाशिंटन डिसीबाट प्रकाशित हुने द हिल अनलाइनका अनुसार नेपाल आउन लागेका सबै जनप्रतिनिधि अमेरिकाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका सदस्यहरु हुन् ।

द हिलका अनुसार नेपाल आउन लागेका अमेरिकी कांग्रेसका सदस्यहरुमा एरिजोना राज्यका सिनेटर मार्क केली, न्यूयोर्क राज्यकी सिनेटरी किर्स्टेन जिलिब्राण्ड, न्यू जर्सी राज्यका सिनेटर कोरी बुकर, मासाचुसेट्स राज्यका सिनेटर एड मार्की र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा न्यू योर्क राज्यको प्रतिनिधित्व गर्ने हाउस सदस्य मोन्डिएर जोन्स छन् ।

उनीहरुको टोलीले नेपालसहित भारत, जर्मनी, पोल्याण्ड र संयुक्त अरब इमिरेट्स युएईको पनि भ्रमण गर्ने द हिलले जनाएको छ ।

विश्वको राजनीतिक एवम् रणनीतिक अवस्था अस्थिर रहेका बेला सम्बन्ध सुधारको प्रयत्नस्वरुप अमेरिकी प्रतिनिधिको टोली विदेश भ्रमणमा निस्केको जनाइएको छ । नौ दिने भ्रमणको तालिका भने सुरक्षाका कारण देखाउँदै सार्वजनिक गरिएको छैन ।

नेपाल एसियाली मुलुकहरुमा युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्ने थोरै मुलुकहरुमध्ये एक रहेकाले अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणका क्रममा यसबारे पनि छलफल हुनसक्ने द हिलले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामा; अमेरिका–इरान वार्तापछि नयाँ सहमति

वि.सं.२०८३ असार ९ मंगलवार १३:५८

काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर...

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

वि.सं.२०८३ असार ९ मंगलवार १३:५६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ का...