back
skip this Samagra

भगवति आधारभुतका विद्यार्थी खुल्ला चौउरको भुईमा धुलोसँगै परिक्षा दिर्दैः नगरपालिका भने आशवासनमा सिमित

डोटि । डोटि जिल्ला शिखर नगरपालिका वडामा ११ मल्लीसातमा रहेको भगवति आधारभुत विद्यालयमा विद्यार्थी खुल्ला चौउरमा घुलोसँगै परीक्षा दिन बाध्य भएका छन् ।

विद्यालयमा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थी खुल्ला चौउरमा भुई मै बसेर परिक्षा दिइरहेका हुन् ।

विद्यालयमा कक्षा ४ देखि कक्षा ८ सम्मका ५० प्रतिशत विद्यार्थी पनि प्रयाप्त डेस्क नहुदाँ खुट्टामा नै पेपर राखी परीक्षा दिन बाध्य रहेको विद्यालयका शिक्षक गणेश रावलले वताए ।

उक्त विद्यालयमा मल्लीसात, किमाडा र ओलिगाउँका विद्यार्थी अध्ययनरत रहेका छन् । अहिले विद्यालयमा वार्षिक परिक्षा चलि रहेको छ ।

नेताहरु चुनाव लक्षिक कार्यक्रम गर्दा विद्यालयको स्तर उन्नतिका लागि सकारात्मक कदम चाल्नुे मिठो आशवासन दिदैं गरेपनि चुनान पछि विद्यालयको शिक्षा, गुणस्तरियता सम्बन्धी ध्यान नै दिदैन् ।

शिखर नगरपालिकाको वडा नं ११ मा माध्यमिक तहको विद्यालय नभएकाले सोही विद्यालयलाई मावि बनाउने भनि बेला बेला निरक्षणको क्रममा शिखर नगरपालिकाका प्रमुख सिताराम जोशिले आशवासन दिदै आइरहेको छन् ।

तर जोशिको ५ वर्ष कार्यकाल वित्नै लाग्दा समेत नगरपालिकाले विद्यालयका लागि आशवासन बाहेक सिन्को समेत नभाच्दा स्थानिय खिन्न समशुस गरी रहेका छन् ।

 

८ कक्षा पास भइसकेपछि विद्यार्थी सिताराम उच्च माध्यमिक विद्यालय उच्चाकोट तथा भगवति माध्यमिक विद्यालय तलारामा जानु पर्ने कठिक अबस्था रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्ण सिंह विष्टले जानकारी दिए ।

साझ विहानको एक छाकको लागि भौतारिरहेको स्थानियले महंगो शुल्कमा भाडामा र होस्टेलमा बाहिरी बिद्यालयमा आफ्ना छोरा छोरीहरुलाई अध्ययन गराउन नसक्दा छोरीको विवाह र छोरालाई छिमेकी राष्ट्र भारतमा रोजगारीमा पठाउनु पर्ने बाध्यता रहेको छ ।

अहिले उक्त गाउँका ५० प्रतिशत भन्दा बढी युवा गाउँमा रहेको विद्यालयमा ८ पास गरी भारत जाने गरेका छन् । युवालाई स्वदेश मै सिर्जनात्मक तालिम सिकाई स्थानिय क्षेत्र मै उद्ययमि बनाउनु त परै को कुरा नगरपालिकाले विद्यालयको स्नतर उन्नतिमा एक नजर आखां समेत गएको देखिदैन ।

भगवति आधारभुत विद्यालयमा विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले निजि श्रोतका शिक्षकलाई तलब प्रदान गर्न तथा विद्यालयको भौतिक विकासका लागि होली खेलेर रकम संकलन गर्दे आइरहेको स्थानिय गणेश रावल जानकारी दिए ।

भगवती आधारभूत विद्यालयमा नर्सरी देखी आठ कक्षा सम्म पठनपाठन हुदै आएको छ । वि.सं. २०३७ सालमा स्थापना भएको सो विद्यालयमा अहिले ९ जना शिक्षक र करिब ३ सय जना विद्यार्थीहरु रहेका छन् ।

विद्यालयमा ३ जना स्थायी शिक्षक, २ जना राहत शिक्षक, १ जना बाल विकास सहजकर्ता र ३ जना निजी शिक्षक कार्यरत छन् ।


आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

वि.सं.२०८० चैत २८ बुधवार १२:३७

आँबुखैरेनी । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित...

राहदानी बनाउन पोर्चुगलबाट मात्र ६ सय ६९ को आवेदन

राहदानी बनाउन पोर्चुगलबाट मात्र ६ सय ६९ को आवेदन

वि.सं.२०८० चैत २२ बिहीवार ०९:१५

काठमाडौं । पोचुगलमा सञ्चालित राहदानी सेवा शिविरबाट ६ सय भन्दा...

सवाल जवाफ:  सरकारले स्वदेशी निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको छ सिंचाईमन्त्री बस्नेत

सवाल जवाफ: सरकारले स्वदेशी निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको छ सिंचाईमन्त्री बस्नेत

वि.सं.२०८० चैत २० मंगलवार १५:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी...

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० चैत १९ सोमवार ०९:३७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र...

दुर्गा प्रसाईंले विभिन्न बैंकको ५ अर्बभन्दा बढी ऋण तिर्न बाँकी, भन्छन् पैसा कमाएर बैंकको सबै ऋण तिर्छु

दुर्गा प्रसाईंले विभिन्न बैंकको ५ अर्बभन्दा बढी ऋण तिर्न बाँकी, भन्छन् पैसा कमाएर बैंकको सबै ऋण तिर्छु

वि.सं.२०८० चैत १८ आइतवार १४:५९

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफूले बैंकको...

सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणको लाइन काट्ने चेतावनी

सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणको लाइन काट्ने चेतावनी

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०३

काठमाडौं । सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई नेपाल विद्युत...