back

भगवति आधारभुतका विद्यार्थी खुल्ला चौउरको भुईमा धुलोसँगै परिक्षा दिर्दैः नगरपालिका भने आशवासनमा सिमित

डोटि । डोटि जिल्ला शिखर नगरपालिका वडामा ११ मल्लीसातमा रहेको भगवति आधारभुत विद्यालयमा विद्यार्थी खुल्ला चौउरमा घुलोसँगै परीक्षा दिन बाध्य भएका छन् ।

विद्यालयमा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थी खुल्ला चौउरमा भुई मै बसेर परिक्षा दिइरहेका हुन् ।

विद्यालयमा कक्षा ४ देखि कक्षा ८ सम्मका ५० प्रतिशत विद्यार्थी पनि प्रयाप्त डेस्क नहुदाँ खुट्टामा नै पेपर राखी परीक्षा दिन बाध्य रहेको विद्यालयका शिक्षक गणेश रावलले वताए ।

उक्त विद्यालयमा मल्लीसात, किमाडा र ओलिगाउँका विद्यार्थी अध्ययनरत रहेका छन् । अहिले विद्यालयमा वार्षिक परिक्षा चलि रहेको छ ।

नेताहरु चुनाव लक्षिक कार्यक्रम गर्दा विद्यालयको स्तर उन्नतिका लागि सकारात्मक कदम चाल्नुे मिठो आशवासन दिदैं गरेपनि चुनान पछि विद्यालयको शिक्षा, गुणस्तरियता सम्बन्धी ध्यान नै दिदैन् ।

शिखर नगरपालिकाको वडा नं ११ मा माध्यमिक तहको विद्यालय नभएकाले सोही विद्यालयलाई मावि बनाउने भनि बेला बेला निरक्षणको क्रममा शिखर नगरपालिकाका प्रमुख सिताराम जोशिले आशवासन दिदै आइरहेको छन् ।

तर जोशिको ५ वर्ष कार्यकाल वित्नै लाग्दा समेत नगरपालिकाले विद्यालयका लागि आशवासन बाहेक सिन्को समेत नभाच्दा स्थानिय खिन्न समशुस गरी रहेका छन् ।

 

८ कक्षा पास भइसकेपछि विद्यार्थी सिताराम उच्च माध्यमिक विद्यालय उच्चाकोट तथा भगवति माध्यमिक विद्यालय तलारामा जानु पर्ने कठिक अबस्था रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्ण सिंह विष्टले जानकारी दिए ।

साझ विहानको एक छाकको लागि भौतारिरहेको स्थानियले महंगो शुल्कमा भाडामा र होस्टेलमा बाहिरी बिद्यालयमा आफ्ना छोरा छोरीहरुलाई अध्ययन गराउन नसक्दा छोरीको विवाह र छोरालाई छिमेकी राष्ट्र भारतमा रोजगारीमा पठाउनु पर्ने बाध्यता रहेको छ ।

अहिले उक्त गाउँका ५० प्रतिशत भन्दा बढी युवा गाउँमा रहेको विद्यालयमा ८ पास गरी भारत जाने गरेका छन् । युवालाई स्वदेश मै सिर्जनात्मक तालिम सिकाई स्थानिय क्षेत्र मै उद्ययमि बनाउनु त परै को कुरा नगरपालिकाले विद्यालयको स्नतर उन्नतिमा एक नजर आखां समेत गएको देखिदैन ।

भगवति आधारभुत विद्यालयमा विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले निजि श्रोतका शिक्षकलाई तलब प्रदान गर्न तथा विद्यालयको भौतिक विकासका लागि होली खेलेर रकम संकलन गर्दे आइरहेको स्थानिय गणेश रावल जानकारी दिए ।

भगवती आधारभूत विद्यालयमा नर्सरी देखी आठ कक्षा सम्म पठनपाठन हुदै आएको छ । वि.सं. २०३७ सालमा स्थापना भएको सो विद्यालयमा अहिले ९ जना शिक्षक र करिब ३ सय जना विद्यार्थीहरु रहेका छन् ।

विद्यालयमा ३ जना स्थायी शिक्षक, २ जना राहत शिक्षक, १ जना बाल विकास सहजकर्ता र ३ जना निजी शिक्षक कार्यरत छन् ।

nactional life
Corporatebazar 11 Anniversary

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:४०

काठमाडौँ । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक मुटु मानिने असन क्षेत्रको...

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २१:१६

खोटाङ । लोपोन्मुख रेडपाण्डा (हाब्रे) र थार संरक्षणसँगै दिगो पर्यटनको...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १९:०२

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा...

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३८

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने...

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख...

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको...