back

स्टडी ग्रुप मार्फत स्नातक तहमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई छात्रवृत्ति,कस्ता विद्यार्थी योग्य हुन्छन ?

● विद्यार्थीहरूले मे १ सम्ममा आवेदन दिइसकेको हुनुपर्ने

काठमाडौं । फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको छात्रवृत्तिको लागि आवेदन खुल्ला गरिएको छ । यसमा एफ १ र जे १ भिसामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले पनि आवेदन दिन पाउनेछन् । युनिभर्सिटीले स्प्रिङ्ग र फल सेसनको लागि यो स्कलरशिप प्रदान गर्न लागेको हो । र यसमा स्टडी ग्रुपमार्फत यस युनिभर्सिटीमा भर्ना गरेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।

फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको प्रेजिडेन्ट इन्टर्न्यासनल स्टुडेन्ट स्कलरशिपमा कस्ता विद्यार्थी योग्य हुन्छन ?

यो स्कलरशिप पाउनको लागि विद्यार्थीहरुले कक्षा शुरु हुने पहिलो दिन अगाडि नै डिग्री सिकिङ स्टुडेन्टको रुपमा आवेदन दिएर हाई स्कुल डिप्लोमा अथवा सो सरह प्राप्त गर्नुपर्ने हुन्छ । यस छात्रवृत्तिको कुल रकम ६००० डलर प्रति वर्ष रहेको छ र (अधिकतम २४००० डलर र ट्रान्स्फर अप्लिकान्टहरुको लागि अधिकतम १२००० डलर) छनोटको लागि न्युनतम आवश्यकता

● विद्यार्थीहरूले मे १ सम्ममा आवेदन दिइसकेको हुनुपर्नेछ ।
● न्यूनतम GPA M 3=5 – 4=0 U=S= ग्रेडिङ स्केलमा)
● SAT वा ACT स्कोर पेश गर्नुपर्नेछ

द देपान इन्टरन्यासनल स्कलरशिप, 8000$

विद्यार्थी वा स्कलर भिसामा भएको नयाँँ विद्यार्थीले ८ सेमेस्टरको लागि प्रति वर्ष २००० डलर पाउनेछन्। फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीमा भर्ना हुनको लागि उत्कृष्ट शैक्षिक पृष्ठभुमि, ३.० जिपिए र अंग्रेजीमा दक्खल आवश्यक पर्छ । साथै सामुदायिक सेवामा आवद्ध भएको प्रमाण वा हाइ स्कुलको कार्यक्रमहरुमा संलग्न भएको प्रमाण पनि आवश्यक पर्छ ।

द देपान इन्टरन्यासनल स्कलरशिप,

विद्यार्थी वा स्कोलर भिसामा गएको विद्यार्थीले प्रति सेमेस्टर २००० डलर चार सेमेस्टरको लागि प्राप्त गर्ने छन् । यसको लागि योग्य हुन ३.० जिपिए स्कोर, अंग्रेजीमा दक्खल र सामुदायिक सेवामा आवद्ध भएको प्रमाण आवश्यक पर्छ ।

स्टडी ग्रुपका क्षेत्रीय निर्देशक श्रीनी बन्दाराले भने, ‘नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने उद्धेश्यले हामीले अग्रणी शिक्षा प्रदायकको रुपमा युके, युरोप, नर्थ अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डका विश्व–विद्यालयहरुसँग सहकार्य गर्दै आएका छौँ । नेपाली विद्यार्थीहरुलाई यो स्कलरशिपले आफ्नो पढाई अगाडि बढाउन र राम्रो काम भेट्टाउन धेरै सहयोग गर्छ । र विद्यार्थीहरुलाई सहयोग गर्ने कुरामा फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीले आफ्नो छुट्टै परिचय बनाएको छ ।’

फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी विद्यार्थी केन्द्रित पब्लिक रिसर्च युनिभर्सिटी हो । यस युनिभर्सिटीमा अन्डर ग्राजुएट र पोस्ट ग्राजुएट गरेर १७० भन्दा बढी डिग्री कार्यक्रमहरु उपलब्ध छन् । स्टडी ग्रुपले यस विश्वविद्यालयसँग मिलेर नेपाली विद्यार्थीहरुको शैक्षिक र पेशागत लक्ष्य हासिल गर्न सहयोग गर्नेछ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...