back

खडेरीले इथियोपियाबाट आठ लाख ४५ हजार मानिस विस्थापित ,१५ लाखभन्दा बढी पशु मरे

काठमाडौं । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन्। साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थपित भएका छन्। उनीहरु खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका हुन्।

राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरु विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्रै जान लागेका बताए। उनले यहाँका १५ लाखभन्दा बढी पशु चौपाया पनि मरेको जानकारी दिएका छन्।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरुलाई सहयोग पुर्‍याउन नसकिएको पनि राष्ट्रसंघले जनाएको छ। साथै संयुक्त राष्ट्रसंघले यहाँका कतिपय स्थानमा मानवीय सहायता वितरण भइरहेको भए पनि सो पर्याप्त नभएको बताएको छ।


आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

वि.सं.२०८१ चैत २ शनिवार ११:५४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक...

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

वि.सं.२०८१ चैत १ शुक्रवार १६:३१

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु गरेको...

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

वि.सं.२०८१ चैत १ शुक्रवार १६:२३

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार...

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

वि.सं.२०८१ चैत १ शुक्रवार १६:०७

काठमाडौं । कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा.गोबिन्द प्रसाद...

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

वि.सं.२०८१ चैत १ शुक्रवार १५:४६

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक...

माओवादी केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना: आन्दोलनलाई थप चर्काइने

माओवादी केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना: आन्दोलनलाई थप चर्काइने

वि.सं.२०८१ चैत १ शुक्रवार १४:२५

काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार...