नेपाल बैंक र ई-कमर्स प्लेटफर्म दराजबीच भुक्तानी सेवामा छुट सम्झौता
वि.सं.२०८१ कात्तिक २५ आइतवार
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन ई-कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि. बिच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरुलाई दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न इ-कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको हो ।
बैंकका निक्षेपकर्ताहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५५ वा अधिकतम २ हजार रुपैयाँसम्म छुट हुने र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा २०५ वा अधिकतम २ हजार ५ सय रुपैयाँ बराबरकोे छुट प्राप्त गर्न सकिने जनाइएको छ ।
छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरुमा सम्पर्क गरी ग्राहकहरुले आफ्नो कार्डमा इ-कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ-कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ । यो योजना २०८१ साल कात्तिक २६ गतेदेखि २०८१ साल मंसिर ७ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
प्रकाशित समय : १६:१३ बजे





















