back
himalayan life

निफ्राको खुद नाफा ३४.३७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३४.३७ प्रतिशतले बढाएको छ । कम्पनीले आज सार्वजनीक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा ३४.३७ प्रतिशतले बृद्धि भएको देखिएको हो ।

समिक्षा अवधिमा बैंकले २४ करोड २० लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १८ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएको छ । बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएर १९ करोड ६ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजीमा ६६.६७ प्रतिशत बढेको छ भने जगेडा कोष ४५.६९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १९.२६ प्रतिशत र कर्जा उल्लेख्य बढेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि सामान्य बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले २८ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो ४५.८२ प्रतिशतले बढेर ४१ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानीसंगै बैंकको सञ्चालन मुनाफामा पनि बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा २८ करोड ३५ लाख रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४६.२८ प्रतिशतले बृद्धि भएर ४१ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद मुनाफामा बृद्धि भए पनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैया ४७ पैसा रहेकोमा अहिले त्यो १ रुपैयाँ १६ पैसाले घटेर ४ रुपैयाँ ८४ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ७४.३७ गुणा रहको छ रहेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...