back

बजारमा सुन र पित्तल बिचको तात्विक भिन्नता लगानिकर्ता आफैले छुट्याउनु पर्छः अध्यक्ष पोखरेल

काठमाडौँ । वि.सं. २०३३ देखि औपचारिक सुरुवात भएको नेपालको पूँजीबजार चार दशक सम्म पनि अन्तराष्ट्रिय मापदण्ड अनुरुप हुन नसक्नु विडम्बना पूर्णनै छ । अझैं पनि नेपालको पुँजी बजार पुर्ण रुपमा विकसित हुन सकिरहेको छैन् ।
बजार पूर्वाधारहरुमा सुधार तथा विकासका लागि पछिल्लो समय बोर्डले धितोपत्र बजारमा उल्लेखिय सुधार तथा बिकासका कार्यहरु गरेको छ । यस्का अलावा पुँजीबजारमा नीतिगत, भौतिक र प्राविधिक पाटाहरु अझै सुधार गर्नुपर्ने छ ।
यस्का साथै प्रशिक्षण तथा जनचेतना अभबिवृद्धिलाई क्रमिक रुपमा बढाउँदै लानु पर्ने देखिन्छ । बजारका बारेमा ज्ञान नहुँदा पुँजी भएर पनि सेयर बजारमा आउँन चाहने लगानीकर्ता हच्किनु पर्ने स्थ्तिी छ । हाम्रो बजारमा सेयर साक्षरताको अझैँ कमि छ । यस्का साथैँ पुँजी बजारको विकास र बिस्तारको लागि हामिले उठाएका जायज मागहरुको सम्बोधन यथा समयमा नहुने र सम्बन्धित निकायहरु आ आफ्नो जिम्मेवारीबाट विमुख रहँदा पुँजी बजारमा धेरै समस्या रहेको देखिन्छ ।
केही समय यता शेयर बजारले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । गत वर्षको यसै अवधिमा ११ सय बिन्दुको हाराहारीमा रहेको नेप्से परिसूचक हाल २९ सय बिन्दुमाथि आइपुगेको छ ।
पुँजी बजारमा अहिले धेरै लगानीकर्ताको आकर्षण र विश्वास बढेकाले पनि नेप्से सूचकले दैनिक नयाँ रेकर्ड बनाउन सफल भएको छ ।

१८८१ अंक सम्म पुगेको नेप्से ईन्डेक्स चार बर्षको निरन्तर गिरावटबाट १००० को लाईनमा आई धेरै समय पछी परिसुचक पूनः २९०० सम्म पुग्दा धेरै लगानीकर्तालाई लागेको थियो होला कि अब बजार प्रवेश गर्न ढिलो भैसक्यो। तर बजारमा बिल्कुलै त्यस्तो हुँदैन । बढ्दो बजारले बिश्वासको बातावरण सृजना गर्दै अवसरको दायरा झन् बढाउँदै लैजाने हुँदा यो समयमा राम्रा राम्रा कम्पनी छनौट गर्दै लगानी बढाउनु बुद्दिमानी हुन्छ।

घट्दो बजारमा सेयरको कुरा सुन्ने बित्तिकै नाँक खुम्च्याउनेहरु र सेयर बारे जानकारी नै नभएकाहरुले समेत निरन्तरको बढ्दो बजारसँगै चासो देखाउने गरेको पाईन्छ। जसरि भ्याकुम क्लिनरले फोहोरहरुलाई तानेर एकतृत गर्छ, त्यसैगरी बढ्दो बजारले पनि भ्याकुम बनेर लगानिकर्ताको पैसालाई सोहोरेर बजार पूँजीकरणको थुप्रोलाई बढाउँदै लैजान्छ। बजारको बढ्दो सरगर्मी सँगै पुराना, संस्थागत, अवसर कुरिरहेका तथा नवप्रवेशीहरुको संख्या बढ्दै जान्छ र यसले थप उचाईको आधार तय गर्दै जान्छ । सेयर बजारलाई कतातिर डोहोर्‍याउने भन्ने कुरा लगानिकर्ताको मनोबोज्ञानले नै तय गर्ने बिषय हो। बजार एकैं दिनमा घट्दा लगानीकर्ताले यति गुमाएँ र बजार बढ्दा यति कुम्लाउँन सफल भएँ भन्ने जस्ता सेयर बजारको बिषयलाई लिएर समाचार संप्रेषण गर्ने मिडियाहरुले लगानिकर्तालाई सबैभन्दा बढी भ्रमित र आशाबादि पार्ने गरेको पनि पाईन्छ। यस्ता हेडलाईनका समाचारहरु पनि ध्यान पुर्याउने गर्नुपर्छ ।
सेयर बजार भनेको दुई दिनको बजार हैन। दुई चार दिन बढ्दैमा अब संसारनै जितीने अनि दुई चार दिन घट्दैमा संसारनै सकिने पनि हैन। बजारको आफ्नै लय हुन्छ, आफ्नै चाल हुन्छ। बिभिन्न परिस्थितीले बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ।

सेयर बजारमा लगानिकर्ताका दुई प्रमुख सत्रु हुन् लोभ र डर वा त्रास । यसबाट हामि सदैव टाढा बस्नुपर्छ ।
लोभः बजार बढ्दा अब सँधै बढ्छ, बढिनै रहन्छ, कुनै बेला घट्छ पनि भनेर सोच्ने फुर्सदनै हुँदैन। यस सँगै डर र त्रासः बजार घट्दा अब सँधै घट्छ, घटिनै रहन्छ, कुनै दिन अवश्य बढ्छ भन्ने बिश्वाशनै हुँदैन।
बजार सँधै बढ्दैन अनि सँधै घट्दैन पनि। बढेपछी घट्छ अनि घटेपछी बढ्छ। बजारका यि दुई प्रमुख सत्रु चिनेर समय अनुसार चल्ने लगानीकर्तानै हो बजारबाट कमाउने अनि सँधै टिकिरहने पनि ।

जहाँ अबसर हुन्छ, त्यहाँ चुनौती अबश्य हुन्छ । सेयर बजारलाई जती अबसरको खानिको रुपमा लिइन्छ, त्यस्मा चुनौतिहरु पनि रहेका हुन्छन् भन्ने हामिले बिर्सनु हुँदैन ।
आफुसँग भएको राम्रो कम्पनीको सेयर मुल्य सोचेजस्तो नबढ्ने तर संस्थागत शुसासन नभएका , पूँजीगत संरचना ज्यादै थोर भएका, बिगत देखिनै प्रतिफल नकरात्मक रहेका आधारभुत पक्ष कमजोर भएका कम्पनीको मुल्य तिब्र बेगले बढ्दा आफ्नो सुनलाई पित्तल सम्झेर पित्तललाई चाहिं सुन सम्झेर पोर्ट्फोलियो परिवर्तन गर्नेहरु धेरै भेटिन्छन् जुन सबैभन्दा घातक पनि हुनसक्छ । हचुवा र हल्लाको भरमा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी गर्ने लगानिकर्ता पनि त्यत्तिकै भेटिन्छन्। र, तिनै मृत्युको मुखसम्म पुँग्ने गरेका पनि छन् । आफुसँग भएको धातु सुन हो कि हैन आफैले चिन्न सक्नुपर्छ । बजारमा पित्तलको भाउँ घट्न लागेको हल्ला सुनेर आफ्नो सुन पित्तलमा बेच्न हतारिनु पनि लगानीकर्ताकै बेवकुफी हुन जान्छ । शेयर खरिद गर्नु अगाडि कम्पनीको बारेमा बुझ्न आवश्यकका साथैं आँफुले संस्था बलियो र दिगो छानेर कम जोखिमयुक्तमा लगानी गर्नुपर्दछ ।
आर्थिक विकासको लागि पूँजी बजारको बिकास अपरिहार्य छ ।चार दशक बढीको समयमा काटिसक्दा पनि यो बजार अझैं बामे सर्दै गरेको अवस्थामा रहेको हुँदा यस्को बिकास र बिस्तारमा सरकार, नियामक निकाय, लगानीकर्ताहरु सहित अन्य सरोकारबालाहरुले ध्यान दिन जरुरी छ ।

२०७८ जेठ २६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

अब जुनसुकै समयमा शेयर कारोबार: LSE ले ल्याउँदैछ २४ घण्टे अनवरत कारोबार प्रणाली

वि.सं.२०८३ साउन ६ बुधवार १८:१८

काठमाडौँ । सामान्यतया विश्वभरका शेयर बजारहरू निश्चित कार्यालय समयभित्र सीमित...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...