back

विद्युत प्राधिकरणद्वारा ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय, निजी उर्जा उत्पादकलाई राहत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकहरूका लागि एउटा महत्त्वपूर्ण र राहतकारी निर्णय गरेको छ । सम्झौताअनुसार विद्युत् उपलब्ध गराउन नसक्दा निजी क्षेत्रका विद्युत् उत्पादक कम्पनीहरूले तिर्नुपर्ने ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय प्राधिकरणले गरेको हो ।

गत फागुन ४ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यो निर्णय गरेको भए तापनि यसलाई यही चैत २५ गते मात्रै सार्वजनिक गरिएको छ । विद्युत् खरीद–विक्री सम्झौता (पीपीए) गर्दा उत्पादकले वार्षिक रूपमा निश्चित परिमाणमा विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्छन् । यदि, जलविद्युत् आयोजनाले सम्झौतामा उल्लेख गरेअनुसारको विद्युत् प्राधिकरणलाई दिन नसकेमा, सो बापत तिर्नुपर्ने आर्थिक जरिवानालाई नै हाइड्रोलोजी पेनाल्टी भनिन्छ ।

प्राधिकरणको यो निर्णयले विशेषगरी बाढी, पहिरो र नदीमा पानीको बहाव कम हुँदा उत्पादन घट्न गई जरिवाना तिर्दै आएका आयोजनाहरूलाई ठूलो आर्थिक भारबाट मुक्त गर्नेछ । प्राधिकरणका अनुसार पछिल्ला केही वर्षहरूमा जलवायु परिवर्तन र प्राकृतिक विपत्तिका कारण जलविद्युत् क्षेत्रमा जोखिम बढेकाले यो कदम चालिएको हो ।

बाढी र पहिरोका कारण धेरै जलविद्युत् आयोजनाहरू पटक–पटक बन्द हुने र संरचनामा क्षति पुग्ने गरेको छ । नदीमा पानीको बहाव सोचेअनुसार नहुँदा उत्पादन क्षमतामा प्रत्यक्ष असर परिरहेको छ ।

त्यसैगरी उत्पादनमा आउने ह्रास उत्पादकको नियन्त्रण बाहिरको विषय जस्तै भएको महसुस गर्दै लगानीकर्तालाई प्रोत्साहित गर्न यो जरीवाना हटाइएको प्राधिकरणको निर्णयमा उल्लेख छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले लामो समयदेखि यो पेनाल्टी खारेज गर्न माग गर्दै आएको थियो । बाढीपहिरोले क्षतविक्षत बनेका आयोजनाहरूका लागि यो निर्णयले मलह्मको काम गर्ने र ऊर्जा क्षेत्रमा लगानीको वातावरण थप सुदृढ हुने विश्वास लिइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

सरकारी ढुकुटीमा ताला, इतिहासकै लज्जास्पद विकास खर्चले निम्त्याएको आर्थिक दुर्घटना

वि.सं.२०८३ असार २८ आइतवार १८:०८

काठमाडौं । नेपाली पात्रो अनुसार हामी असार मसान्तको संघारमा छौँ।...

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

वि.सं.२०८३ असार २६ शुक्रवार ११:५८

काठमाडौँ  । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु...

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालयको संख्या घटाउँदा २० अर्ब बचत हुने अनुमान

वि.सं.२०८३ असार २० शनिवार २१:०८

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछिका एकसय दिनका उपलब्धिहरु...

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

वि.सं.२०८३ असार १७ बुधवार १८:२०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य...

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

वि.सं.२०८३ असार १७ बुधवार १०:५२

काठमाडौं । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री...

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

वि.सं.२०८३ असार १५ सोमवार १६:५०

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार (नेप्से)...