back

नेप्सेसँगै घट्यो कारोबार रकम, कुनको कति भयो कारोबार?

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक १०.५३ अंक घटेर २६२२.८८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्ब ५३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३७ स्टकको ६९ हजार ५४८ पटकको कारोबारमा ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य करिब १० प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड २ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको करिब १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

यस दिन विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

nactional life
Corporatebazar 11 Anniversary

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १२:१५

काठमाडौं । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ...

विकास आर्थिक समितिमा आगामि आर्थिक वर्षको बजेट तर्जुमाको तयारीबारेमा छलफल

विकास आर्थिक समितिमा आगामि आर्थिक वर्षको बजेट तर्जुमाको तयारीबारेमा छलफल

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३७

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आर्थिक वर्ष...

डेपुटी गभर्नर पण्डितको सम्पत्ति सार्वजनिक : ३ करोडको जग्गा, २० तोला सुन

डेपुटी गभर्नर पण्डितको सम्पत्ति सार्वजनिक : ३ करोडको जग्गा, २० तोला सुन

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:०६

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।...

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २१:१६

खोटाङ । लोपोन्मुख रेडपाण्डा (हाब्रे) र थार संरक्षणसँगै दिगो पर्यटनको...

शैक्षिक सत्र २०८३ सुरु हुँदै : जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र

शैक्षिक सत्र २०८३ सुरु हुँदै : जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:४५

काठमाडौं । नयाँ शैक्षिक सत्र २०८३ सुरु हुने संघारमा देशभरका...